चुत्राबेसीको श्री जनज्योति माविमा पुर्व प्रधानध्यापक पशुपति भुसाललाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

चुत्राबेसीको श्री जनज्योति माविमा पुर्व प्रधानध्यापक पशुपति भुसाललाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँची डटकम संवाददाता
 
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको श्री जनज्योती मा.वि.का पुर्व प्रधानध्यापक पशुपति भुसाल लाई जनज्योति मावि ले एक कार्यक्रमका विच विदाई तथा सम्मानित गरेको छ।


लामो समय देखि विज्ञान विषय मा अध्यापन गर्नुभएको भुसाल २०७८/०७/०३ मा सेवा निवृत्त हुनुभएको थियो ।

भुसाललाई सन्धिखर्क नगरपालिका शिक्षा तथा खेलकुद प्रमुख मञ्जु आचार्य र विधालय का प्रधानध्यापक माधव प्रसाद आचार्य लगायतले दोसोल्ला र मायाको चिनो प्रदान गरि विदाई तथा सम्मान गर्नु भएको थियो ।

विधालयले आयोजना गरेको पुरस्कार वितरण,सेवा निवृत शिक्षक विदाई तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रममा  उहालाई  विदाई तथा सम्मान गरेको हो।


उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा तथा खेलकुद प्रमुख मञ्जु आर्चाय,सन्धिखर्क नगरपालिका वार्ड न.२ का वार्ड अध्यक्ष मोतिजङ्ग रायमाझी लगायत वार्ड सदस्यहरु,विधालय व्यस्थापन समिति का अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वार्ड न.८ का वार्ड अध्यक्ष हुम प्रसाद बन्जाडे,व्यवस्थापन समिति सदस्य कमल प्रसाद घिमिरे लगायत सदस्यहरु,प्रअ,शिक्षक-शिक्षिका एंव विधार्थिहरुको उपस्थिति रहेको  थियो ।
चुत्राबेसीको श्री जनज्योति माविमा पुर्व प्रधानध्यापक पशुपति भुसाललाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

अन्य समाचारहरु