बाँगीको बुढिचौरमा नवदुर्गा मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न(तस्बिर सहित)

बाँगीको बुढिचौरमा  नवदुर्गा मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न(तस्बिर सहित)


नविन रसाईली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वार्ड नं. ५ र ६ बाँगीको सिमाना बागीँ बुढिचौरमा पर्ने नवदुर्गा मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


नवदुर्गा मन्दिरको  असोज २८ गते नवमीको अवसर पारी उद्घाटन गरिएको थियो । 


उद्घाटन समारोहमा सहयोग दाताहरुलाई सम्मान कार्यक्रम समेत गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


नवदुर्गा मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मालारानी गाउँ पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, विशिष्ट अतिथि मालारानी गाउँ पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, अतिथिहरु मालारानी गाउँ पालिका वार्ड नं. ५ का वार्ड अध्यक्ष शोभाखर भुसाल, शान्ति मा. विका प्रधानध्यापक मान बहादुर पाण्डे, तिलक मिश्र, नेपाल  पत्रकार महासंघ जिल्ला सदस्य बाबुराम रसाइली, समाजसेवीहरु तथा स्थानीयको उपस्थिति रहेको थियोे । 


कार्यक्रम मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र विश्वकर्माको अध्यक्षतामा र प्रेम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।


अन्य समाचारहरु