सन्धिखर्क नगरपालिकाको राहत कोषमा डिभर्ना रुपन्देही सम्पर्क समाजद्धारा आर्थिक सहयोग

सन्धिखर्क नगरपालिकाको राहत  कोषमा डिभर्ना रुपन्देही सम्पर्क समाजद्धारा आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । डिभर्ना अर्घाखाँची रुपन्देही सम्पर्क समाजले कोरोना रोग नियन्त्रणका लागि सन्धिखर्क नगरपालिकाले स्थापना गरेको राहत ब्यबस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । 

डिभर्ना अर्घाखाँची रुपन्देही सम्पर्क समाजले कोरोना रोग नियन्त्रणका लागि सन्धिखर्क नगरपालिकाले स्थापना गरेको राहत ब्यबस्थापन कोषमा २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाललाई प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीकको उपस्थितिमा नगरसभा सदस्य तथा अर्घाखाँची डिभर्ना सम्पर्क समाजका संस्थापक युवा समाजसेवी नारायण बस्यालले चेक हस्तान्तरण गर्नु भएको थियोे ।

अन्य समाचारहरु