पाणिनी - ४ पटौटीको अध्यक्ष उमेद्धारमा एमालेबाट हरिप्रसाद घिमिरेलाई चयन

पाणिनी - ४ पटौटीको अध्यक्ष उमेद्धारमा एमालेबाट हरिप्रसाद घिमिरेलाई चयन

शिवराज बेल्वासे 

पाणिनी, अर्घाखाँची । नेकपा एमालेले पाणिनी गाँउपालिका वार्ड  न. ४ पटौटी अर्घाखाँचीमा हरिप्रसाद घिमिरेलाई अध्यक्षको उमेद्धार सर्वसम्मत चयन गरेको छ । 

घिमिरेको उमेद्धारीले पटौटी तरगिंत बनेको छ । घिमिरे स्थानिय जनप्रिय नेता मध्ये गनिएका नेता हुन् । घिमिरेले राजनितिमा परिवर्तन र पटौटिमा संस्थागत सुधारमा आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ । स्थानिय निकायले दिने सेवा प्रवाह कस्तो हुन्छ भन्ने कुराको वास्तविकता जनतालाई अनुभुत गराउन एमालेको जित अनिवार्य ठानेका घिमिरेले धेरैको मन जितेर वडा कार्यालयको नेतृत्वमा पुग्ने अनुमान धेरैले गरेका छन् । उहाँको उमेद्धवारिले स्थानियहरुले अब गाँउको विकास सन्तुलित हुनेमा आशा पलाएको बताएका छन् ।

घिमिरे सँगै सर्व सम्मत चुनिएका वडा सदस्का उमेद्धारहरुमा पटौटिका लोकप्रिय नेता एकराज अधिकारी , दुर्गा प्रसाद अधिकारी , पार्बता घिमिरे र सीता बिस्वकर्मा रहनुभएको पटौटी निवासी पाणिनी गा. पा. कमिटी सचिवालय सदस्य दधिराम बेल्वासे ले जानकारी दिनुभएको छ । नेकपा एमाले वडा कमिटि अध्यक्ष जगन्नाथ घिमिरेका अनुसार भौगोलिक अवस्था समेत समेटेर प्रतिनिधि छनोट गर्दै उत्कृष्ट र क्रियाशिल टिम सर्वसम्मत चयन हुनाले पनि पटौटिमा एमालेको जित हुने विश्वास गरिएको छ ।
 

अन्य समाचारहरु