पाणिनी-६ धातिवाङका वार्ड अध्यक्षका बागी उम्मेदवार, समर्थक र प्रस्तावक कांग्रेसबाट निलम्बन

पाणिनी-६ धातिवाङका वार्ड अध्यक्षका बागी उम्मेदवार, समर्थक र प्रस्तावक कांग्रेसबाट निलम्बन

अर्घाखाँचीडट्कम संवाददाता 

धातिबाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ६ धातिबाङ्गमा नेपाली काँग्रेसबाट २०७४ काे निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका शुभ वहादुर शारु थापाले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले कार्वाही गरेकाे छ ।


साधारण सदस्य समेत नरहने गरि पार्टीले सारूलाई काँग्रेसबाट निलम्बन गरेकाे छ । सारूकाे समर्थक र प्रस्तावकमा बसेका पुर्व पार्टी सभापति शाेभाखर पाैडेल र उपसभापति जिवलाल पाैडेल पनि पार्टीबाट निलम्बनमा परेका छन् ।

नेपाली काँग्रेसकाे विधान, २०१७ (संसाेधन सहित) काे धारा ४ (१३) ग बमोजिम स्वत: नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिले निष्कासन गरेकाे काँग्रेस अर्घाखाँचीले जनाएको छ ।

सारूकाे पक्षमा प्रचारप्रसारमा जाेडिने कार्यकर्तालाई निगरानीमा राख्न काँग्रेस अर्घाखाँचीले निर्देशन गरेकाे छ ।

पार्टीका आधिकारीक वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाैडेलकाे प्यानललाई विजयी बनाउन काँग्रेस अर्घाखाँचीले निर्देशित गरेकाे छ ।  

अन्य समाचारहरु