मालारानी गाउँपालिका- ९ गोखुङाकी वडासदस्य फुलमती परियारको निधन

मालारानी गाउँपालिका- ९ गोखुङाकी वडासदस्य फुलमती परियारको निधन

बिष्णु कुमार आले

गोखुङगा, जेठ २४ अर्घाखाँची । रूखबाट खसेर  मालारानी गाउँपालिका वार्ड नम्बर ९ गोखुङाकी वडासदस्य फुलमती परियारको शुक्रबार निधन भएको छ ।

मालारानी ९ की दलित महिला सदस्य समेत रहेकी परीयार घर नजिकै काफलनेटामा गोहिलीको रूखमा चढेर फल टिप्ने क्रममा खसेर अचेत अवस्थामा रहेकी उनको उपचारका लागी सन्धिखर्क ल्याउदै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष फन बहादुर पुनले जानकारी दिए । 

२३ बर्षिय आमा छोरा सहित आफन्त कहाँ निम्तो खान गएर घर फर्कनेक्रमा छोरालाई अगाडि पठाएर घरमा भएका साना साना नाति नातिनाहरूलाई फल टिपेर लैदिन रूखमा चढेर फल टिप्नेक्रममा ८ फुट माथीबाट मोटरबाटोमा खसेर परियारको मृत्यु भएको हो । 

मृतक महिला नेकपा माअोबादी ( नेकपा) बाट निर्वाचित दलित वडा सदस्य हुन् । 

अन्य समाचारहरु