छत्रदेव गाउँपालिकाले लकडाउनको अवज्ञा गर्‍यो, छत्रगंजमा ५० जना बढी मानिसहरु भेला परिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

छत्रदेव गाउँपालिकाले लकडाउनको अवज्ञा गर्‍यो, छत्रगंजमा ५० जना बढी मानिसहरु भेला परिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउन अवधी घरभित्र बस्नुपर्नेमा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले भने वार्ड नम्बर ५ छत्रगंजमा ५० जना भन्दा बढी मानिसहरु भेला गराएर सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न गराएको छ ।


लकडाउनका घरभित्र बस्नुपर्नेमा छत्रदेव गाउँपालिकाले भने वार्ड नम्बर ५ छत्रगंजमा ५५, ६० जना मानिसहरु भेला गराएर झुल्के पोखरी मन्दिर गेट तथा वाल निर्माणको सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न गराएको हो । 


भेलामा उपस्थित कसैले पनि माक्स लगाएका थिएनन् । आर्थिक वर्ष २०७६ - ७७ मा विनियोजन भएका योजनाहरुको छत्रदेव गाउँपालिकाले मानिसहरु भेला गराएर सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   


भेलामा गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल वार्ड नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । 


लकडाउनका बेला गाउँपालिकाका प्रतिनिधि होस् कि कर्मचारी कार्यालय वा घरमा बसेर काम गर्नुपर्ने हुन्छ । तर यो पालिकामा सबै क्षेत्रमा बेतिथी, अनमियता छ ।  यस  गाउँपालिकाका सबै प्रतिनिधि र कर्मचारीहरुले आफुलाई राजा मान्छन्; भन्छन् छत्रगंजका बिनोद घिमिरे । 


 छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंज

अन्य समाचारहरु