ढिकुराको डेभामा अवैध खानी खन्ने एक्साभेटर प्रहरी नियन्त्रणमा, पचास हजार रुपैयाँ जरीवाना

ढिकुराको डेभामा अवैध खानी खन्ने एक्साभेटर प्रहरी नियन्त्रणमा, पचास हजार रुपैयाँ जरीवाना


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुराको डेभामा अवैध रुपमा खानी खन्ने एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

डेभा-धन्चौर सडक । 

ढिकुराको डेभा डेभा स्थित सडकदेखि केही टाढा प्रदेश ३-०१-००३ क ६४९८ नम्बरको एक्साभेटरले अवैध रुपमा खनी रहेको अवस्थामा बिहिवार दिउसो ३ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
      
उक्त एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरीले नुवाकोट स्थित भुमिकास्थान नगरपालिकाको कार्यालय  पठाईएकोमा रु.५०,००० (पचास हजार रुपैयाँ) जरीवाना भएको छ । 

अन्य समाचारहरु