ठूलापोखरामा सुनौलो हजार दिनका आमाहरुलाई पोषण आहार वितरण (फोटो सहित)

ठूलापोखरामा सुनौलो हजार दिनका आमाहरुलाई पोषण आहार वितरण (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

ठूलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठूलापोखरामा सुनौलो हजार दिनका आमाहरुलाई पोषण आहार वितरण गरिएको छ ।


ठूलापोखरामा बुधवार सुनौलो हजार दिन अर्थात गर्भवस्ता देखि बच्चा जन्मेको २ वर्ष भित्रका आमाहरुलाई पोषण आहार वितरण गरिएको हो ।


यस वार्डका करिब १६० महिलाहरुलाई वडाअध्यक्ष कमल पौडेलले  अण्डा लगायतका आहार वितरण गरेका थिए । 


बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि अण्डा लगायतका आहार वितरण गरिएको वडाअध्यक्ष पौडेलको बताए । 


सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निमार्ण गरेर वार्डले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ। 

अन्य समाचारहरु