छत्रदेब गाउँपालिकाका १२ जना युवाहरु मुम्बईका सडकमा अलपत्र, लेखनाथ पोख्रेलले ईमो, फोन ब्लक गरे

छत्रदेब गाउँपालिकाका १२ जना युवाहरु मुम्बईका सडकमा अलपत्र, लेखनाथ पोख्रेलले ईमो, फोन ब्लक गरे

अर्घाखाँचीडट्कम

मुम्बई / अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका १२ जना युवाहरु भारतको मुम्बई शहरका सडकमा अलपत्र परेका छन् । 

छत्रदेब गाउँपालिका १२ जना युवाहरु २ महिना देखि जारी लकडाउनका कारण जागिर गुमाएर भारतको मुम्बई शहरका सडकमा अलपत्र परेका हुन् । उनि अर्घाखाँचीबासी सहित अन्य दर्जनौ नेपालीहरु पनि मुम्बई शहरका सडकमा अलपत्र परेका छन् । 

छत्रदेब गाउँपालिका १२ जना युवाहरु महिना दिनदेखि मुम्बई शहरका सडक सुत्न वाध्य भएका छन् । रोडमा बस्दा स्थानिय प्रहरीले हान्ने गरेको उनिहरुले बताए ।


मुम्बईको थाने जिल्लामा अलपत्र परेका चेतनारायण भुसालले अर्घाखाँचीडट्कमलाई बताए अनुसार उनिहरुले छत्रदेब गाउँपालिका प्रमुख लेखनाथ पोख्रेललाई फोन, ईमोबाट संपर्क गरेता पनि अहिले पोख्रेलले ईमो, फोन ब्लक गरेर राखेका छन् । 

पोख्रेललाई केही पहल गर्नुस् भन्दा ईमो, फोन नै ब्लक गरे; उनिहरुले डट्कमलाई भने । 

उनिहरुले नेपाल फर्कन पहल गरिदिन अर्घाखाँचीडट्कम मार्फत जिल्लाका जनप्रतिनिधी, प्रशासनलाई अपिल गरेका छन् । 

उता भारत सरकारले लकडाउन नरम परेपछि रेल सेवा संचालनसँगै अर्घाखाँचीबासी धमाधम सिमानाकामा आएर जिल्लामा प्रवेश गराउन पहल अनुरोध अर्घाखाँचीडट्कम मार्फत पठाएका छन् ।

अन्य समाचारहरु