अर्घाखाँचीमा ५ दलिय गठबन्धनमा कहाँ कसरी तालमेल गर्ने अझै भागबन्डा मिलेन्, अन्यौल जारी

अर्घाखाँचीमा ५ दलिय गठबन्धनमा कहाँ कसरी तालमेल गर्ने अझै भागबन्डा मिलेन्, अन्यौल जारी

भिम बिश्वकर्मा

सन्धिखर्क, अर्घाखाँची । स्थानीय तहको चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ ।


यसरी एमालेले उम्मेद्वार टुङ्गो लगाउदै गर्दा गठबन्धनलाई भने उम्मेद्वार चयनमा सकस परेको छ । स्थानीय चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ ।

केन्द्रमा समेत गठबन्धन गर्ने वा नगर्ने भनेर निर्णय नहुदै गठबन्धन गर्ने निर्णय गरेको अर्घाखाँचीमा पनि एमालेले उम्मेद्वार सिफरिस गरिसक्दा समेत गठबन्धन अन्यौलमा परेको छ । पालिकाको भागबन्डा नमिल्दा अझै उम्मेद्वार तय हुन सकेका छैनन । गठबन्धनका सबै दलका उम्मेद्वारका आकांक्षी बढिरहेका छन तर दलिय भागबन्डा नमिल्दा उम्मेद्वार सम्बन्धि निर्णय हुन सकेको छैन ।

चुनाबको मिति नजिकिदै गर्दा गठबन्धनको बैठक बस्ने र बिना निष्कर्स सकिने भइरहेको छ । यसले गठबन्धनलाई नै असर गर्ने देखिन्छ ।

अन्य समाचारहरु