पाणिनी मैदानका लोकप्रिय कलाकार सुरज घिमिरेको साने भाग - १९ सार्वजनिक (भिडियो सहित)

 पाणिनी मैदानका लोकप्रिय कलाकार सुरज घिमिरेको साने भाग - १९  सार्वजनिक (भिडियो सहित)


प्रकाश प्युठानी

बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको पाणिनी गाउँपालिका  वार्ड नम्बर - ५ मैदानका घर भएका सुरज बिगत ६ वर्ष देखि बुटवलमा बसोबास गर्दै आएका छन्।


सबैका लोकप्रिय कलाकार हुन् सुरज घिमिरे । उनले अहिले सम्म म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । अहिले पछिल्लो समय भने आफ्नै लेखन निर्देशनमा सामाजिक संदेश मुलक " साने " नामक सिरिज बनाई राखेका छन्। उक्त सिरिज अभिनय र सम्पादन समेत आफै गर्छन। उक्त सिरिज धेरै दर्सकले मन पराएको कारण उनि "साने" नामले अझ धेरै दर्शक सामु चिनिन्छन।  गीतहरुमा आज दीईसकेका छन् भने अभिनय पनि धेरै गीतहरुमा गरेका छन्।

उनले नेपाली कला छेत्रमा क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल अभिनय गरेर दर्शक स्रोताको मन मुटुमा बस्न सफल कलाकार तथा निर्देशक सुरज घिमिरेको नया साने भाग - १९  सार्वजनिक भएको छ ।

साने सेरिजमा सुरज घिमिरेको  लेखन, निर्देशन, सम्पादन रहेको छ। भने स्वयंम सुरज घिमिरेको अभिनय पनि हेर्न सकिन्छ। उक्त साने सेरिजमा कलाकारहरु सुरज घिमिरे ,धुर्ब पौडेल, शेस्कान्त ढकाल, कमला गैरे ,गोपाल खनाल,अर्मन शाही, भावना लम्साल, सम्झना ढकाल रअन्जु रसायाली को अभिनय देख्न सकिन्छ।

त्यस्तै यो सिरिजमा समाजमा हुने अत्याचार, अन्याय , शोषक,धनी गरिब बिच भेदभाव ,रुढीबादी परम्परा , कालो पर्दाले ढाकिएको हाम्रो समाजमा घटेरहेको सम्पुर्ण घटनालाइ समेटेर एउटा सन्देश दिइएको छ।

यस कारण पनि यो "साने" सीरिज  सबैको मन मुटुमा बस्न सफल भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचारहरु