हार्दिक समवेदना

अर्घाखाँचीको नुवाकोट-५ पान्डाँडा घर भई हाल चुत्राबेशी बसोबास गर्दै आएका अर्घाखाँचीडट्कमका प्रवाधिक सहयोगी एवम आई टि लिन्क कम्प्युटर साइवरका प्रवन्धक निर्देशक एवम इमान्दार, सामाजिक, स्रिर्जनशिल व्यक्तिको रुपमा चिनिने डार्बिन पुनको गत असार १६ गते लु ५ प १५६६ नम्बरको मोटरसाइकल चलाएर बुटवल जाने क्रममा पिपरा र सालझन्डी अन्तरगत पर्ने लखनचौकमा बुटवलबाट आईरहेको लु १ च ३७६६ नम्बरको पिक अप भ्यान जिपले ठक्कर दिदा टाउकोमा गम्भिर चोट लागि बुटवल अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौंको न्युरो अस्पताल, बाँसबारी लगिएको र उपचारका क्रममा गत असार २१ गते दिनको ठीक १२: ४५ बजे २५ वर्षे कलिलो उमेरमा असमाहिक दु:खत निधन भएकोमा शोकसन्तप्त परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौ ।

                                   प्रमुख मेहर सिंह के.सी एवम सम्पादक बिरेन्द्र केसी

              एवम

                  सम्पूर्ण अर्घाखाँचीडट्कम परिवार
                      (राष्ट्रिय एवम अन्तरराष्ट्रिय कार्यालयहरु )


अन्य समाचारहरु