अडगुरीको झन्द्रेकका पहिरो पीडितलाई डिआरजी फ़ैन्स कल्व र पाणिनी पर्यटन समाजद्वारा राहत वितरण (तस्बिरहरु)

अडगुरीको झन्द्रेकका पहिरो पीडितलाई डिआरजी फ़ैन्स कल्व र पाणिनी पर्यटन समाजद्वारा राहत वितरण (तस्बिरहरु)


प्रकाश प्युठानी 

अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) शनिवार १९ भदौ, २०७८ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीको झन्द्रेक भेडावारीका पहिरो पीडितलाई डिआरजी सुमन फ़ैन्स कल्व, नेपाल र पाणिनी पर्यटन समाजले राहत स्वरूप खाद्यान्न सामग्री प्रदान गरेको छ । 


पहिरो पिडितलाई राहत (खाद्यान्न) सामग्री वितरण तथा स्थालगत रिपोर्टिंग कार्यक्रममा पाणिनी गाँउपालिका वार्ड  नं ७ वार्ड अध्यक्षगुनाखर अधिकारी, वार्ड सदस्य नविन टण्डन, डिआरजी सुमन फ़ैन्स सचिवालय सदस्य नेत्र वहादुर नेपाली,पत्रकार माधववेल्वासे,पत्रकार प्रकाश प्युठानी,पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम, सचिव केशव वन्जाडे , शिक्षक शालिकराम वेल्वासेलगायतको उपस्थिती रहेको थियो ।


नेपाल कै पहिलो अनलाईन अर्घाखाँचीडट्कमका व्युरो प्रमुख डिआरजी सुमनले विपत्तिमा परेको परिवारलाई सवैले आफु सक्दो सहयोग गर्न जरुरी रहेको बनाउदै यस कल्वले कुनैपनि स्थानमा विपत्ति पर्दा सहयोग गर्न तयार रहेको वताउनु भएको छ । यस्तै डिआरजीसुमन फ़ैन्सका सचिवालय सदस्य नेत्र नेपालीले आपत विपतले कहि र कसैलाई पनि अफ्ठ्यारो पार्न सक्ने भएको हुँदा थोरै थोरै भएपनि पिंडितलाई सहयोग गर्न जरुरी भएको वताउनु भएको छ । 


डिआरजी सुमन फ़ैन्स कल्व नेपाल र पाणिनी पर्यटन समाजको आपत्कालिन कोष परिचालन गरी ४ वोरा (१००किलो) चामल, ४ लिटरतेल , ४ किलो नुन ४ किलो दाल,३ दर्जन कापी र एक पैकेट्स डटपेन पहिरो पीड़ित जीवलाल सुनारलाई पाणिनि गाँउ पालिका वडा नं ७का अध्यक्ष गुनाखर अधिकारी,पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनाम सहित पत्रकार डिआरजी सुमन मार्फ़त हस्तांतरण गरिएको छ । राहत सामग्री हस्तांतरण कार्यक्रममा पाणिनी गाँउपालिका वडा नं ७ वडा अध्यक्ष गुनाखर अधिकारीले समस्यामा परेकापरिवार लाई सहयोग सहित स्थलगत रिपोर्टिंग गर्ने डिआरजी सुमन फ़ैन्स नेपालको कार्य प्रसंसा योग्य कार्य भएको वताउनु भएको छ । 


मंगलबार साँझ करिब ५:३० बजेतिर घरमाथीबाट खसेको पहिरोले पुरिएर अर्घाखाँची पाणिनी ७ झन्द्रेक निवासी जिवलाल सुनारकी ९ बर्षिय छोरी झरना सुनारको घटनास्थलमै मृत्यु भएको थियो । 


पहिरोमा परि एउटा भैंसी र ६ वटा बाख्रा मरेका छन् । ६ जना सदस्य रहेको उक्त घरका अन्य ४ जना घरबाहिर रहेको र दुई दाजु बहिनीसहित छिमेकी साथीहरूसँग टिभी हेरीरहेका बेला घरमाथी बाट पहिरो गएको थियो । पहिरो वाट विस्थापित परिवार अहिले अन्यस्थानमा वसीरहेको हुदा अहिले आवास तयार गर्न आर्थिक समस्या परेको छ । 


-  तस्वीर प्रकाश प्युठानी/ अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु