खनदहमा विप्लव नेकपाद्वारा बालबालिकालाई जुलुसमा व्यापक प्रयोग । सर्वत्र आलोचना

खनदहमा विप्लव नेकपाद्वारा बालबालिकालाई जुलुसमा व्यापक प्रयोग । सर्वत्र आलोचना


केशवराज ज्ञवाली | अर्घाखाँचीडट्कम संवाददाता

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा हिजो शुक्रवार भएको एमसीसी विरुद्धको प्रर्दशनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  समुहले बालबालिका प्रयोग गरेको देखिएको छ ।


सरकारले बिद्यालयलाई शान्ती क्षेत्र घोषणा गरेपनी विभिन्न राजनितिक दल संबद्द संघ संस्थाहरुले बिधालय केन्दृत रजनिती गर्न छोडेका छैनन् ।

स्वत स्फुर्त रुपमा भएका प्रदर्शनी बाहेक राजनितिक रुपमा बालबालिकाहरुलाइ कुनै पनि सभा जुलुशमा प्रयोग गर्न नहुने कानुनी प्राबधान रहेको बिज्ञहरु बताउछन् ।


घटना गत शुक्रबार दिउसोको हो , देशैभर अमेरिकी बिकास कार्यक्रम एम . सी . सी.  परियोजना सम्झौताको बिरुद्दमा गरिएको बिरोध प्रदर्शन कार्यक्रममा अर्घाखाँचीका विभिन्न स्थानमा प्रदर्सनहरु भए । त्यस्तै खन दहमा गरिएको प्रदर्शनमा स्कुले बालबालिकाहरुलाई प्रयोग गरेको देखिएको छ ।


बिप्लब निकट बिद्यार्थी नेता नविन खड्का खनदह स्थित आदर्श माध्यमिक बिधालयमा कक्षाकोठा भित्रै पसेर बिद्यार्थीहरुलाई निकालेको खनदहका स्थानिय युवाले अर्घाखाँची डट्कमलाई बताएका छन् ।

सान साना भाई बैनिहरुलाई उनिहरुको पढाई लेखाइ बन्द गराएर बिरोध प्रदर्शनमा सहभागी गराउदा पनि सरोकारवाला हरु केही नबोल्नु दुखद पक्ष भएको उनको भनाइ छ ।


आधारभुतदेखि माध्यमिक तहसम्म अध्ययनरत बालबालिकाहरुलाइ एम सि सि , देश बिदेशको राजन्निती , अन्तरास्ट्रिय सन्धी सम्झौता जस्ता बिशय बस्तुको ज्ञान्  नहुने तर राजनितिक रुपमा तेस्ता आन्दोलनहरुमा धेरै जसो बालबालिका प्रयोग गरिनु गलत भएको स्थानियहरुको भनाइ पनि रहेको छ ।

अर्घाखाँचीमा मात्र होइन देशैभर यस्ता दृश्यहरु सामान्य जस्तै लाग्छन तर राजनिती र पनि थाहा नहुने बालबालिकाइ दलको झन्डा बोकाउनु  पनि बालाबालिकाको अधिकारको हनन हो यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

अन्य समाचारहरु