छत्रदेव गाउँपालिकाकाे राहत कोषमा बल्कोट अर्बुन निवासी मुस्लिम समुदायहरूद्वारा रू. २१,११५ सहयोग

छत्रदेव गाउँपालिकाकाे राहत कोषमा बल्कोट अर्बुन निवासी मुस्लिम समुदायहरूद्वारा रू. २१,११५ सहयोग

सुर्य भुसाल

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न स्थापना गरिएको अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाकाे राहत कोषमा बल्कोट अर्बुन निवासी मुस्लिम समुदायहरूले रू. २१,११५ सहयोग गरेको छ । 

छत्रदेव गाउँपालिका वार्ड नं. २ बल्कोट अर्बुन निवासी मुस्लिम समुदायहरूको तर्फबाट संकलित रकम रू. २१,११५/- (अक्षरूपी एक्काईस हजार एक सय पन्ध्र) जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य शम्शेरदिन मिया सहितको टोलीले गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेललाई प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल को उपस्थितिमा हस्तान्तरण गरेको छ ।

 छत्रदेव गाउँपालिकाको तर्फबाट समस्त मुस्लिम समुदाय लाई अध्यक्ष लेखनाथ पोख्रेलले धन्यवाद दिनु भएको थियोे ।

अन्य समाचारहरु