पाणिनी गाउँपालिकाको अध्यक्षमा एमालेबाट टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी

पाणिनी गाउँपालिकाको अध्यक्षमा एमालेबाट टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी

अनिल नेपाली |  अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी - अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पाणिनी गाउँपालिकामा  अध्यक्ष पदमा एमालेबाट टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन् । 

पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपाने विजयी भएका हुन्। उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल फराकिलो मतसहित विजयी भएकी छन्। 

पाणिनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार  टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिनिधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तर सहित ७ हजार ७ सय ४९ मत सहित बिजयी हुनुभएको छ । 

यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मत सहित ६ सय २३ मतले काङ्ग्रेसका लक्ष्मी गौतमलाइ पछि पार्दै बिजयी हुनुभएको छ ।

यहाँ एमालेले सुरुबाटै अग्रता बनाएको थियो।  उनले कांग्रेसका उम्मेदवार तथा निबतंमान अध्यक्ष अच्युत गौतमलाई हराएका हुन्। त्यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा गौतम विजयी भइन्। उनले कांग्रेसकी लक्ष्मी गौतमलाई हराएकी छन्।

अन्य समाचारहरु