एकिकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चौहानको गाउँ बाँगीमा एमालेकाे टाेल भेला सम्पन्न

एकिकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चौहानको गाउँ बाँगीमा एमालेकाे टाेल भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

बाँगी, अर्घाखाँची । नेकपा(एमाले) मालारानी-५ बाँगी ३ नम्बर टोल कमिटिको प्रथम अधिवेशन शिव बहादुर चौहानको नेतृत्वमा २९ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएको छ।


भेला नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता ,केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षत्रीको बिशिस्ट आतिथ्यता ,जिल्ला कमिटी सचिवालय सदस्य एवं मालारानी इन्चार्ज तथा स्थानीय तह बिभाग प्रमुख तिलक मिश्र,जिल्ला कमिटी सदस्य एवं पालिका कमिटी सह इन्चार्ज मुनाल खड्का,पालिका कमिटी सचिवालय सदस्य एवं ५ न. वडा इन्चार्ज हुम बहादुर महत,५ न. वडा कमिटी अध्यक्ष के आर बस्नेत, पालिका कमिटी सदस्य तारा बहादुर चौहान,सीता बिक,सागर खड्का,लक्ष्मण भुसाल,जिल्ला प्रतिनिधि परिषद सदस्यद्वय सिद्वार्थ के.सि,सहयोगी बिसि वडा कमिटी सदस्य सान्त बहादुर चौहान,सुनिल खड्का ,दिपेन्द्र बहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो। 


भेलाले शिव बहादुर चौहानको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा सेर बहादुर खड्का,सचिवमा मित्र बहादुर चौहान ,उपसचिवमा नेत्र बहादुर खत्री र कमला खड्का "क" सदस्यहरुमा, रण बहादुर खड्का,मनिशा चौहान,राजु खड्का,जीवन चौहान,किसान चौहान,कमला खड्का"ख",लक्ष्मि चौहान,पुनम चौहान,अनिता खड्का,चुनु खड्का,रिना चौहान,गुप्त खड्का,गङा चौहान,प्रतिमा खनाल ,गोमा चौहान लगायत रहनुभएको छ। 


साथै यम बहादुर खड्का र किसोर बि क माओवादी परित्याग गरि पार्टि प्रवेश गरेका छन। कार्यक्रममा मन्तव्य राख्दै खड्काले आगामी चुनावमा केन्द्रित हुन सम्पुर्ण कार्यकर्तालाइ आव्हान गर्नु भएको छ। कार्यक्रम मित्रबहादुर चौहानको अध्यक्षता तथा बिष्णु चौहानको संचालनमा सम्पन्न भएको हो।

अन्य समाचारहरु