ठाडाका १८ वर्षीय एक युवाको बुटवलमा स्कुटर दुर्घट्नामा परि निधन

ठाडाका १८ वर्षीय एक युवाको बुटवलमा स्कुटर दुर्घट्नामा परि निधन


अर्घाखाँचीडट्कम संवाददाता 

बुटवल (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाका एक युवाको स्कुटर दुर्घट्नामा परि बुटवलमा निधन भएको छ । 

ठाडाका १८ वर्षीय सुरेन्द्र घर्ती क्षेत्रीको बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित सडकमा लु.११ प ७७२१ नम्बरको स्कुटरमा आईतवार बेलुकी दुर्घट्नामा परि निधन भएको हो ।

प्रहरीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार उक्त स्कुटर सडक किनारमा रोकी राखेको ना.६ ख ९७५५ नम्बरको ट्रकमा ठोकिदा अनियन्त्रित भई ग.१ घ ३८ नम्बरको गाडीमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचारहरु