अर्घाखाँची डान्सीङ स्टार २०१४ दोस्रो चरण अन्तर्गतको प्रतियोगिता दश जना प्रतिस्पर्दी छनौट गर्दै सम्पन्न

सन्धिखर्क, अर्घाखाँची २०७१ जेष्ठ १६ शुक्रवार । जिल्लामा अर्घाखाँची युथ सेवाको आयोजनामा अर्घाखाँची डान्सीङ स्टार २०१४ दोस्रो चरण अन्तर्गतको प्रतियोगिता दश जना प्रतिस्पर्दी छनौट गर्दै शुक्रबार सम्पन्न भएको छ ।
 
 
 
यसअघि ५२ जना सहभागि सो प्रतियोगिताको पहिलो चरणबाट ३२ जनालाई छनोट गरिएको थियो ।
 
प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँबाट प्रतिसपर्धी भाग लिन आएका थिए ।
 
 
दोस्रो चरणको कार्यक्रम पनि सन्धिखर्क स्थित होटल डायमण्डमा भएको थियो । जिल्लामा भएको पहिलो जिल्ला स्तरीय नृत्य प्रगियोगितामा सहभागि दर्शकहरु विभिन्न खाले नृत्यका झलकहरुबाट मनोरञ्जन लिएका थिए । प्रतियोगितामा विभिन्न नेपाली गितमा नृत्य गराइएको थियो ।
 
प्रतियोगितामा आस्था कला केन्द्र वुटवलका कोडियोग्राफर लोकेन्द्र र शाह र गोविन्द राइले जर्ज गरेका थिए ।
 
 
अन्तिम चरणबाट एक जनालाई डान्सीङ स्टार घोषणा गरिने छ। अन्तिम चरणको कार्यक्रम जेष्ठ २३ गते हुनेछ।
 
उक्त प्रतियोगिताको अर्घाखाँची डट्कमले प्रत्क्षय भिडियो लाईभ गरेको थियो ।
 
 

अन्य समाचारहरु