सन्धिखर्ककी १४ वर्षिया किशोरीलाई यौन क्रियाकलापमा लगाउने २ जना पक्राउ

सन्धिखर्ककी १४ वर्षिया किशोरीलाई यौन क्रियाकलापमा लगाउने २ जना पक्राउ

प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ वर्षिय बालिकालाई ललाई फकाइ गरी यौन क्रियाकलापमा लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई यौन क्रियाकलापमा लगाउने २ जना पक्राउ

सन्धिखर्क नगरपालिकाकी १४ वर्षिया बालिकालाई हजुरआमा नाता पर्ने ४० वर्षकी महिलाले चाउचाउ, बिस्कुट खुवाउने आश्वासन तथा लोभलालचसमेत देखाई बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर केटाबाट पैसासमेत लिने गरेकी थिइन्।

निज महिलाको आग्रहमा बालिकालाई महिलाको घरमा, जंगलमा तथा अन्य स्थानमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा शितगंगा नगरपालिका-१४ का २२ वर्षिय ओम प्रकाश न्यौपाने र यौन क्रियाकलापमा संलग्न गराउने ४० वर्षिया महिलालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले बताए।

दुवै जनालाई पक्राउगरी मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको हो।

पक्राउ परेका पुरुष र महिलाले आफूहरुले गरेको क्रियाकलापका बारेमा कोही कसैलाई जानकारी गराएमा बालिकालाई कुटपिट गर्ने, ज्यान मार्नेसमेतको धम्की दिने गरेको तथा घटनामा अन्य ब्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख थापाले बताए।

निज बालिका हजुरआमासँग बस्ने र स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने गरेकोमा पछिल्लो समय विद्यालयसमेत जान छाडेको र घरमासमेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

अन्य समाचारहरु