सितापुरको निपानेमा वार्ड स्तरिय भलिवल प्रतियोगिता शुरु

सितापुरको निपानेमा वार्ड स्तरिय भलिवल प्रतियोगिता शुरु


उषा पौडेल 

सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका २ सितापुरको निपानेमा वार्ड स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु भएको छ ।


निपाने सेवा समाज निपानेको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा जिल्लाका विभिन्न वार्डका १५ टिम सहभागी रहेको आयोजक निपाने सेवा समाजले जनाएको छ ।

आज सम्पन्न उद्धाटन समारोहमा प्रमुख अतिथि नगर उपप्रमुख टीका रेस्मीले रिबन बाटेर खेलको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष गोबर्धन थापा, प्रहरी निरिक्षक सन्दिप बेल्बासे , स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो ।


आज सम्पन्न उद्धघाट खेलमा शितगंगा ६ लाई पराजित गर्दै भुमिकास्थान बिजयी भएको छ ।यस्तै आज सम्पन्न दोस्रो खेलमा इलाका प्रहरी कार्यालय ठाडाले सन्धिखर्क १२ डिभर्नालाइ पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

अन्य समाचारहरु