पाणिनीमा सुरक्षा व्यवस्था अत्यन्त कडा, २४ सै घण्टा सेनाको गस्ती

पाणिनीमा सुरक्षा व्यवस्था अत्यन्त कडा, २४ सै घण्टा सेनाको गस्ती

डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा स्थानीय निकाय निर्वाचन २०७९ को लागी सुरक्षात्मक व्यवस्था कडा गरिएको छ । 


स्थानीय निकाय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्ने उद्देश्यले पाणिनि गाँउ पालिका स्थित विभिन्न स्थानमानेपाल प्रहरी,सशस्त्र प्रहरी र सैनिक परिचालन गरिएको सुरक्षा स्रोतले वताएको छ । 


पाणिनि गाँउ पालिका भरमा रहेका मतदान केन्द्रमा उच्चतम सुरक्षा व्यावस्था गरिएको वताउदै २४ सै घण्टा नेपाली सेनाको गस्ति रहनेसैनिक प्रमुख लेफ़्टिनेंट थापाले वताउनु भएको छ । सशस्त्र प्रहरी ईन्सपेक्टर टेकथापाको नेतृत्वमा पाणिनि गाँउ पालिका स्थितिअतिसंवेदनशील स्थानमा सशस्त्र प्रहरी तैनात गरिएको छ भने नेपाल प्रहरीका ईन्सपेक्टर अनिल थापाको कमानमा सर्वत्र जनपद प्रहरीपरिचालन गरिएको छ । 


पाणिनि गाँउ पालिका २ पोखराथोकमा रहेको प्रहरी चौकि खिदिम र पाणिनि गाँउ पालिका ७ अड्गुरीमा रहेको प्रहरी चौकि पालीकोअतिरिक्त अति संवेदनशील स्थलमा सशस्त्र प्रहरीको टुकड़ि पाणिनि गाँउ पालिका ४ पटौटी देउराली र पाणिनि गाँउ पालिका ५ मैदानकोआलमनगरमा तैनात रहेको वताईएको छ । निर्वाचन अधिकृत को कार्यलय दुर्गाफाटमा उच्चतम सुरक्षा व्यवस्था रहेकोले निर्वाचनशांतिपूर्ण वातावरणमा हुने वताईएको छ । सोमवार दुर्गाफाँटमा सम्पन्न सर्वपक्षीय अन्तरक्रिया  कार्यक्रममा निर्वाचनको मौन अवधि रनिर्वाचनको दिन कसरी गतिविधि संचालन गर्ने विषयमा छलफल भएको छ । दुर्गाफाँटको कार्यक्रममा निर्वाचन अधिकृत, निर्वाचनकर्मचारी, तीनवटै सुरक्षा निकायका प्रमुख ,पत्रकार, राजनीतिक दलका नेता,उमेदवार लगायतको उपस्थिति रहेको थियो । - तस्वीरडिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची । 

अन्य समाचारहरु