प्रेस विज्ञप्ती | Press Release The increasing threat against Journalists in Arghakahnchi - २०७७/०५/२५

प्रेस विज्ञप्ती | Press Release The increasing threat against Journalists in Arghakahnchi - २०७७/०५/२५

मिति: २०७७/०५/२५
दर्ता: ०७७/७७ -६६                                                          

प्रेस विज्ञप्ती | Press Release  
The increasing threat against Journalists in Arghakahnchi   

नेपाल पत्रकार महासंघका जिल्ला सचिब, रेडियो देउरालीका स्टेसन म्यानेजर, प्रेस युनियनका सल्लाहकार तथा जिल्लाको बरिष्ठ पत्रकार लगायत जिल्लामा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई लक्षित गरेर सामाजिक सञ्जालमा गरिएको गाली, गलौजप्रति अर्घाखाँचीडट्कमको ध्यानाकर्षण भएको छ।

सुशासन र पार्दशिता हामी सबैको नारा हो र अर्घाखाँचीडट्कमको अभियान पनि हो तथापि शितगंगा नगर कार्यपालिकाको बजेट फर्छौटको बिषयलाई लिएर जिल्लाका पत्रकार र सञ्चारमाध्यमलाई झोले पत्रकार भनेेर संज्ञा दिनु भनेको पत्रकारिताको मर्मलाई नबुझेर आवेशमा आई आफ्नो नागरिक कर्तव्य भुलेको हामीले विश्लेषण गरेका छौ।

सार्वजनिक सेवा प्रबाह गर्ने सार्वजनिक निकायबाट जनताले सुचना पाउनु भनेको जनताको मौलिक हक हो। सार्वजनिक सेवामा पारदर्शिता कायम भएको छ कि छैन भनेर चासो राख्नु नागरिकको कर्तव्य पनि हो र असल नागरिकको दायित्व पनि हो। सार्वजनिक सेवा प्रवाह गर्ने निकायले अनियमितता र भष्ट्रचार गरेको खण्डमा सरोकारवाला निकाय समक्ष गएर कानुनी उपचार पाउने बाटो खुला रहेको तर त्यस्तो नगरि जिल्लामा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लाञ्छना लगाई आवेगमा आएर गाली बेइज्जती गर्नु भनेको सिङ्गो प्रेस स्वाभिमान प्रति गरिएको आक्रमण हो र सञ्चारमाध्यम र सञ्चारकर्मीको व्यवासायिक मर्यादाप्रति गरिएको अपमान पनि हो, जुन निन्दनीय रहेको छ।

सत्य, तथ्य निष्पक्ष समाचार सहित आफ्नो व्यवसायिक मर्यादालाई जोगाइराख्न बिज्ञापन लिन पाउनु सञ्चारमाध्यमको व्यवासायिक अधिकार हो। यस बिषयलाई लिएर जिल्लाको बरिष्ठ पत्रकार लगायत कोभिड-१९ को यस माहामारीमा पनि बे-प्रवाह अग्रमोर्चामा खटिएर सुशासन र पार्दशिता प्रबर्द्धन गर्न र आम जनतालाई सुचना प्रबाह गर्ने उदेश्यले फिल्डमा खटिएका  पत्रकार माथि कोठा भित्र बसेर र सामान्य मर्यादा पनि कायम नगरी तथानाम गाली गलौज गरेकोप्रति अर्घाखाँचीडट्कम घोर भर्त्सना गर्दछ।

साथै आगामी दिनमा आम सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रतिष्ठाप्रति आच आउन नदिन र नागरिक मार्यदालाई मजबुत बनाउन सम्बन्धित व्यक्तिलाई  सम्बन्धित निकायसँग कारबाहीको माग गर्दै शितगंगा नगरपालिकाको सुचना सम्प्रेषण शिर्षकमा भएको बजेट फर्छौट सम्बन्धी सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा आएको बिषय माथि सत्य तथ्य छानबिनको लागि पनि सम्बन्धित निकाय समक्षसँग अपिल गर्दछौ।
     
सन्तोष के.सी 
सम्पादक 
अर्घाखाँची मिडिया हाउस

अन्य समाचारहरु