सितापुरको श्री सरस्वती माविमा डिजिटल बैङ्किङ्ग साक्षरता तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न

सितापुरको श्री सरस्वती माविमा डिजिटल बैङ्किङ्ग साक्षरता तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न


अराज बेल्बासे

सितापुर, अर्घाखाँची ।  राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय ठाडाले शितगंगा २ सितापुरको सरस्वती माबिमा डिजिटल बैङ्किङ्ग साक्षरता तथा ब्यावसायी प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । 


बिद्यालयका शिक्षक बिद्यार्थीहरुमाझ बैकले बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न भएको हा् । शाखा प्रबन्धक धुर्वराज पाण्डेले डिजिटल बैकिङ्ग तथा बिद्यार्थीले समेत बैकंमा सहजै खाता सञ्चालन तथा विभिन्न बैंकिङ कारोवार गर्न सक्ने बताउनु भयो ।

बिद्यार्थीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख पाण्डेले बताउनु भयो ।कार्यत्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैंकिङ क्षेत्रका विविध क्षेत्रको जानकारी गराइएको थियो ।

कार्यक्रममा बोेल्दै वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोवर्धन थापाले निम्न वर्गिय किसान तथा उद्यमीलाई साना साना खर्च कटाएर गरेका बचत बाट राम्रो सफलता प्राप्त गर्न सकिने चएकोले अभिभावकहरुलाइ बैंकमा बचत गर्ने बानी बसाल्न बिद्यार्थीहरुलाइ अनुरोध गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक ठाडा शाखा सहायक प्रबन्धक देव क्षेत्रिले सहभागिका जिज्ञासाहरुको सहजिकरण गर्नुभएको थियो । बित्तिय साक्षरता कार्यक्रममा बिद्यालयका शिक्षक ,जनप्रतिनिधि ,बिद्यार्थीलगायतको सहभागीता सम्पन्न कार्यक्रम शिक्षक दिनेस पौडेलले सञ्चालन गर्नु भएको थियो ।

यस्तै राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालयठाडाले सितापुरमन रहेको सुस्तमनस्थिती बिद्यालयका बिद्यार्थीहरुलाइ पोशाक बितरण गरेको छ । बिद्यालयका सम्पुर्ण बिद्यार्थीहरुलाइ स्विटर बितरण गरिएको प्रबन्धक धुर्वराज पाण्डेले जानकारी दिनु भयो ।

अन्य समाचारहरु