नेपाली समाज चिलीद्वारा दशै शुभकामना आदान-प्रदान तथा टिका ग्रहण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

नेपाली समाज चिलीद्वारा दशै शुभकामना आदान-प्रदान तथा टिका ग्रहण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


डिआरजी सुमन 

शान्तियागो , चिली आईतवार, ३१ असोज २०७८ (अर्घाखाँचीडट्कम) ।  नेपाली समाज चीलीद्वारा एक कार्यक्रम विच दशै सुभ कामना आदान-प्रदानतथा टिका ग्रहण चिलिको एकिके शहरमा सम्पन्न भएको छ ।


 नेपाली समाज चीली को अध्यक्ष शिवहरि वस्नेतको अध्यक्षता रहेकोकार्यक्रमको संचालन नेपाली समाज चीली का महासचिव श्रीराम पौडेले गर्नु भएको थियो । चिलिको उत्तरी क्षेत्र तारापाका राज्यअन्तर्गतको एकिके शहरमा रहेको ऐतिहासिक हिन्दू मन्दिरका मुल पुजारी माधव विन्दु ढकाल को प्रमुख आथित्यता रहेको कार्यक्रमएकिके को एक होटलमा आयोजना गरिएको थियो । 


प्रमुख अथिती ढकाल को हाँतवाट टिक ग्रहण गर्दै नेपाली समाज चीली अध्यक्ष शिवहरि वस्नेतले ऐतिहासिक महत्व वोकेका परम्परागतचाडवाड मनाउनु नेपाली समाज चीली को दायित्व रहेको वनाउदै भविष्यमा पनि यसलाई निरन्तरता दिदै लैजाने वताउनु भएको छ ।नेपाली समाज चीली का महासचिव श्रीराम पौडेलले कार्यक्रममा उपस्थित सवैलाई शुभ कामना दिनु हुदै नेपाली संस्कृतिलाई देश विदेशजहाँ भएपनि मनाउन आग्रह गर्नु भएको थियो । 


यस्तै नेपाली समाज चीली का कोषाध्यक्ष रामजी लामीछानेले विश्वको कुनैपनि देशमा रहेता पनि नेपाली मौलिक संस्कृति र परम्परागतचाडवाड मनाउन सकिने वताउदै नेपाली समाज चीली ले पनि यस क्रमलाई निरन्तरता दिदैआएको वताउनु भएको थियो । 


विजया दशमी २०७८ को शुभकामना आदान-प्रदान तथा टिका ग्रहण कार्यक्रममा नेपाली समाज चीली महिला उपाध्यक्ष शान्तासापकोटा,सचिव श्याम गाहा, नेपाली समाज चीली को कार्य समिति सदस्य अनामिका सारु मगर, खगेन्द्र राना,अनिता रिमाल,सन्तोषढुंगाना को विशेष उपस्थिति रहेको थियो । चिलीमै व्यावसाय गर्दै आउनु भएका कृष्ण खनाल,तीलकराम घिमिरे,प्रवेश पौडेल,लक्ष्मीवस्याल लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । - तस्वीर : शिवहरि वस्नेत ।

अन्य समाचारहरु