जवान चाहियो (कबिता)

जवान चाहियो (कबिता)


 प्रकाश  

नानी,
 मलाई तिम्रो जवान चाहियो ।

 ओक्तो लिएर इतिकिन आज
 साथि सँग भट्टिमा छु
   र हेरिरहेछु मोबाईलमा 
 सन्निको इतिबिर्ति !
   ठिक यहि बेला
 साथि बोलिरहेछ भिडियोमा
 र भनिरहेछ, देखाउ न देखाउ 
 अलि तल तिर पनि देखाउ !
 त्यो सुनेर उसको  यौन लिला
 मलाई झ्याप्पै  तिम्रो याद आयो
   प्लिज नानि,
 मलाई तिम्रो जोबन चाहियो ।
 
 नानि,
 तिमिले जे माग्यौँ दिएँ 
 गाडि भन्यौ, खोजिदिएँ
 पैसा भन्यौ,  गोजि दिएँ
 र अरु पनि जे चाइन्छ भन्
  म दिन्छु,
 म तिमिलाई घडेरि दिन्छु, माग
 स्कुटि दिन्छु, माग
 न पुगे यतिले
 म मेरै बुडिको डिभोर्स कागज
  भोलि नै तिम्रो हातमा दिन्छु
 बस नानि, 
 मलाई तिम्रो जोवन देउ
 आजलाई एक रात देउ
 रातमा मदहोस मात देउ !
 नानि,
 मलाई भर्खरै तिमि चाहियो ।

 नानि,
 मलाई तिम्रो खुब याद आईरहेछ 
   आहा ! तिम्रो कपाल
  निधार उस्तै राम्रो
  उठेका ति छाति 
 छिनेको बारुलि कम्मर 
 र "गएँ है दाजु भनेको"  त्यो लठ्याउने बोलि
  प्लिज नानि,
 आउ न !
 म एम्बुलेन्स पठाउँछु त्यसैमा आउ ।
  चिटिक्क परेर,
  नामृ भएर आउ ।  
 मलाई तिम्रो जोबन चाहियो ।

  आउन्न रे !
 पापि रे !
  बिजेत गर्छु रे !
 धम्काएकि, मलाई डराउन दिएकि !
  जे गर्छेउ गर !
 म त ठुलो मान्छे हुँ
 ओकिल चिनेको छु, 
 पुलिस चिनेको छु,
 पत्रकार, नेता र ठुलाबडा सबै चिनेको छु 
 यसैले फस्ने तिमि हो
 इज्जत जाने तिम्रो हो
 समाजले हेला गर्ने तिम्लाई हो 
 म त छोरो मान्छे,
  सबैले बिर्सन्छन्, भोलि उस्तै हुन्छु ।
 यसैले नानि,
 यस्ता नचाहिनि कुरा नगर
  आउ, खुरुक्क आउ 
 म पर्खिरहन्छु तिम्रो बाटो
  रहरलाग्दि भएर आउ ।