राजनीतिक पार्टी भित्र रहेका अदृश्य बेरोजगार कार्यकर्ताहरु देश विकासका लागि बाधक

राजनीतिक पार्टी भित्र रहेका अदृश्य बेरोजगार कार्यकर्ताहरु देश विकासका लागि  बाधक


बिमल चौहान 
अर्घाखाँची

राजनीतिक पार्टी बन्नको लागि  बिचार ,नेता ,कार्यकर्ता ,नागरिक र मतदाताको आवश्यकता पर्दछ ।यी ५ आफ्नो भुमिकामा रहेन भने राजनीति हाम्रो देशको जस्तो हुन्छ ।राजनीति उत्कृष्ट हुनको लागि  यी अति आवश्यक कुरा हुन् ।शताब्दी पुराना सिद्धान्त र मृत्यु भएका नेताको नाम बेचेर राजनीति गर्ने परम्परा अझै सकिएको छैन ।

समाज गतिशील हुन्छ हिजोको आवश्यकता ,आज र भोलिमा धेरै अन्तर हुन्छ ।अमेरिका र नेपालका नागरिक बीचका आवश्यकता  धेरै फरक होलान् ।माटो ,भूगोल ,हावापानी ,संस्कृति  ,उत्पादन जीवनशैली फरक छन् भने हाम्रो बाटो अनुसारको सिद्धान्त हामीले किन प्रतिपादन नगर्ने ?राजनीतिज्ञमा हुनुपर्ने गुण तत्कालीन समस्या समाधान भविष्यमा आउन सक्ने जोखिमको पूर्व  तयारी र त्यसको क्षति कम गर्नु हो ।छोटो अर्थमा दुरदर्शिता हो ।तर हाम्रो देशमा समस्या बल्झाएर त्यसैमा राजनीति गर्ने परम्परा हावी छ ।

प्रकृतिले दिएको अनुपम उपहार र पू्र्खाले बचाएको देश आज तहसनहस भएको छ ।यस्तो हुनुमा विभिन्न पक्ष जिम्मेवार हुनसक्छन्  ।त्यसमध्ये राजनीति बाहेक केही नगर्ने राजनीतिको खोल ओढ्ने कार्यकर्ता नामका बेरोजगारहरुको चर्चा गर्न खोज्दैछु ।    

कर्याकर्ता कस्ता हुनुपर्छ ?नेता र नागरिकका  बीचमा पुलको काम गर्नु पर्दछ ।माथिको बिचारलाई नागरिक माझ पुर्याउने र नागरिकको आवाज- समस्या नेतृत्व माझ पुर्याउने त्यसलाई समाधान दिन खबरदारी गर्नुपर्छ ।उनीहरूले कुनै व्यक्तिलाई  चिन्नुहुन्न चिन्नुपर्छ त केवल बिचारलाई ।बिचारको लागि आफ्नो ज्यान त्याग पनि तयार हुन्छन् तर बिचारबाट बिचलित हुँदैन ।अरु पार्टी र आफ्नो पार्टीको बीचमा भएको बिचार अन्तर बुझ्नुपर्छ ।आफ्नो पार्टी कुन वर्गको प्रतिनिधित्व गर्छ त्यसमा स्पष्ट हुनुपर्छ ।

नेतृत्व वा नेता सबै नागरिकको समस्या बुझ्न सक्दैन ।५०-६०हजार मत लिएर जितेको नेताले सबै मतदातालाई व्यक्तिगत भेट्न सम्भव होला ?त्यो पक्का हुँदैन ।त्यहीँ आवाज सुन्ने र माथि पुराउने खबरदारी गर्ने काम कार्यकर्ताको हुनुपर्छ ।तर कार्यकर्ता नेताका दास र हनुमान भएका छन् कुनै बिचार दृष्टिकोण  र हस्तक्षेप छैन ।    

केही अपवाद बाहेक नेपालमा राजनीतिक पार्टीका कार्यकर्ता नेता र नागरिक बीच पुलको काम होइन ।तस्कर ,दलाल ,बिचौलीया,काम नगर्ने ठेकदार ,मानव बेचबिखन गर्ने ,अपराधी ,गुन्डाको बीचमा बसेर लेनदेनको कारोबार गर्छन् ।त्यहीँ काम गर्न नेतालाई दवाव  र प्रलोभन दिन्छन् ।यो धन्दा लगातार चलेको छ ।म फलानो नेतासँग नजिक छु भनेर बेलाबेलामा सामाजिक संजालमा फोटो राख्ने देखि लिएर त्यहीँ फोटो देखाएर पैसा उठाउने काम गर्छन् ।मैले फलानो मन्त्रीलाई भेटाइदिन्छु भनेर पैसा उठाउने काम पनि गर्छन् ।एउटा मन्त्रालय बाहिर मन्त्री भेट्नको लागि लाइन देखेर म एकपटक सिंहदरबार जादा अचम्मित भएको थिए ।मन्त्रीले कतिबेला काम गर्न पाउने ?यसरी बिहान देखि रातिसम्म मन्त्री निवास यस्तैमा व्यस्त  हुन्छ ।तर भेट्ने मान्छे कार्यकर्ता र बिलौलिया मात्रै ।तपाईं हामीलाई त पास चाहिन्छ त्यहाँ जान कसले पास दिने ?नागरिकको पसिना र रगतबाट बनेका सार्वजनिक  ठाँउमा पहुँच नभएका आजीवन प्रवेश पाउदैनन् ।                     ती कार्यकर्ताको जीवनशैली देख्दा अचम्म लाग्छ ?काम के गर्नुहुन्छ भनेर तीनपटक सोध्दा पनि राजनीति ..राजनीति ..राजनीति नै आउन्छ ।

राजनीति गर्न बित्तिकै पैसा आउन्छ ?मलाई थाहा भएको जनप्रतिनिधि ,मन्त्री हुँदा बाहेक अरु लाभका पद होइन ।विद्यार्थी नेतालाई पार्टीले पैसा दिन्छ कि कलेजले?युवासंघ नेता हुँदा युवाहरूले कि पार्टीले ?जतिबेला पनि सडकमा कि नेताको घरमा हुन्छन् ।उनीहरूको आम्दानीको स्रोत के हो ?घर खर्च चलाउने स्रोत के हो ?४० वर्षको उमेरसम्म विद्यार्थी नेता मात्रै भएर कसरी जीवन चल्छ ?आफुलाई मन परेन भने आफ्नै गुरु कुट्ने ?आफैं पढ्ने कलेज तोडफोड गर्ने ? घर कहाँ छ? गाउँमा ।मातापिता के गर्नुहुन्छ कृषि -पशुपालन वा सामान्य २०-३०हजारको जागीर ।घरमा ४-५दाजुभाइ दिदिबहिनी एउटा बुवाको कमाइ माथि यति धेरै सन्तान कसरी पालिन सकिन्छ ?काठमाडौं जस्ता शहरको भड्किलो  बसाई कसरी चल्छ ?दिउँसो साझ महङ्गो महङ्गो रेस्टुरेन्ट ?बेलुका भएपछि पिउन परो थोरै पिएपछी दोहोरी र डान्सबार पनि छिर्नु पर्यो ?नयाँ नयाँ गाडी ,घर ,घडेरी भड्किलो जीवनशैली आम्दानीको स्रोत के हो ?राजनीति बाहेक केहि नगर्ने तर राजाका छोराका जस्तो जीवनशैली ?ठुलो भनिएका पार्टी भित्र कति धेरै यस्ता कार्यकर्ता छन् होला ?


आत्मनिर्भर बनायो भने आफ्नो पार्टीको कार्यक्रममा को आउने त्यसैले सधैं यस्तै राख्छन् नेताले ।आत्मनिर्भर नहुने जूकाले जस्तो राज्य चुस्ने विकासका हरेक ठाँउमा कमिशन माग्ने ?चन्दा उठाउने ?कार्यकर्ता मौरी जस्तै मेहेनती र अनुशासित  हुनुपर्छ तर हाम्रोमा बेरोजगार छन् आफू बाच्नको लागि केहि गर्दैनन् ।बिचौलीयाको काम गर्छन् ।बसेको कोठाको भाडा पनि नेताले तिर्ने धेरै छन् ।नेताले पत्ताएनन्  भने विदेश भएको साथीसँग पैसा मागेर भएपनि भड्किलो जीवन अपनाउनै पर्यो ?१५-२०लाख त ऋण हुन्छ फिर्ता गर्ने चलन हुन्न ?तपाईंहरु धेरै यस्ताबाट फस्नु भएको होला तर उनीहरूलाई लाज लाग्दैन किनकि उनीहरूको पेशा नै त्यहीँ हो ।

चुनाव आउँदा यति मान्छे जम्मा गर्छु यति पैसा चाहिन्छ भनेर बार्गेनिङ गर्छन् नेतासँग ,तपाईं हाम्रो भोट पनि उनीहरूले  देखाएर खाएका हुन्छन् ।कतिबेला हामीलाई किन्ने र बेच्ने गरे थाहा हुँदैन ?३ लाख पैसा लिएर सबै पैसा आफैं राखेर गाउँको जिम्मा लिनेे ठेकदार त मैले नै देखेछु तर भोट आफ्नो ईच्छा पो हो त ? हरेक  विकासमा चन्दा मागेर अवरोध गर्छन् ।उनीहरूलाई खुसी  नपारे के काम गर्न दिन्न ।नकमाएको सम्पत्तिबाट पालिने राजनीति भित्र रहेका अदृश्य बेरोजगार कार्यकर्ता देश विकासको लागि घातक छन् ।

अन्य समाचारहरु