भुमिकास्थान मेयर पदमा गठबन्धनको राष्ट्रिय जनमाेर्चाका झविलाल थापाद्धारा उम्मेदवारी मनाेनयन दर्ता

भुमिकास्थान मेयर पदमा गठबन्धनको राष्ट्रिय जनमाेर्चाका झविलाल थापाद्धारा उम्मेदवारी मनाेनयन दर्ता

टेकराज भुसाल

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख (मेयर) पदमा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।

पाँच दलीय गठबन्धनबाट उनले साेमवार आज भुमिकास्थान  नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर थापाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

भुमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमाेर्चाले पाएको हो। उपमेयर नेकपा (माओवादी केन्द)ले पाएको हो। उपमेयरमा नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडेले पनि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

जनमाेर्चाले भुमिकास्थान नगरपालिकामा प्रमुख सहित वडा नम्बर २,४ र ५ वडामा नेतृत्व गर्ने र वडा ६, ७, ८ र १० मा जनमोर्चाले सदस्यकाे उम्मेदवार दर्ता गरेको छ भने वडा नं १ र ३ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएकोले पूरा प्यानलकाे उम्मेदवारी दर्ता गरेको छ।

अन्य समाचारहरु