मालारानीको बाँगी क्वारेन्टाइनमा ८ जनाको आरडीटी पोजेटिभ आयो

मालारानीको बाँगी क्वारेन्टाइनमा ८ जनाको आरडीटी पोजेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता

बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगी क्वारेन्टाइनमा रहेका ८ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।

 बाँगीको शान्ति माविमा १ जना र सिद्ध माविमा ७ जना गरी ८ जनाको आरडीटी परिक्षण आईतबार पोजेटिभ आएको हो ।

यहाँ ४६ जनामा आरडीटी परिक्षण गरिएको थियो । बाँकी ३८ जनामा नेगेटिभ आएको छ । 

सबै  ८ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।

अन्य समाचारहरु