ढाकावाङको श्री बाल शिक्षा माविका शिक्षक शिशिर खनालको २७ वर्षको उमेरमा निधन

ढाकावाङको श्री बाल शिक्षा माविका शिक्षक शिशिर खनालको २७ वर्षको उमेरमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड १ ढाकावाङको श्री बाल शिक्षा माध्यमिक विधालय साम्नेगाउँका शिक्षक शिशिर खनालको निधन भएको छ । 


ढाकावाङको साम्नेगाउँका मेघराज खनाल र सरस्वता खनालका छोरा तथा श्री बाल शिक्षा माध्यमिक विधालय साम्नेगाउँका शिक्षक शिशिर खनालको शुक्रबार २७ वर्षको उमेरमा निधन भएको हो । 

खनाल घरमा मृत अवस्थामा शुक्रबार फेला परेका थिए ।  खनाल बिज्ञान बिषयका शिक्षक थिए । 

खनालको आज गच्छेखोला घाटमा अन्त्यष्टी गरिएको थियो । 


अन्य समाचारहरु