प्रकाश सपुतको दृष्टिदोष

प्रकाश सपुतको दृष्टिदोष

खुम बस्नेत 

अर्घाखाँची ।  लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय पटकपटक गीतसंगीतमा चर्चाका पात्र बनेका छन । उनले "पिर" नामक गीत सार्वजनिक गर्दै जनयुद्धकालिन नारीहरु अस्मिता विक्रि गरिरहेकाे सन्देश दिएका हुन् । युट्युवमा ट्रेण्डिङमा रहेकाे उक्त १६ मिनेट २५ सेकेण्डकाे भिडियाेले नेपाली नारिहरुकाे घाेर अपमान गरेकाे भन्दै  सर्वत्र सामाजिक संजाल रंगगिएको छ भने कतै प्रसंशाका पात्र बनेको पाइएको छ ।  नयाँ गीत "पीर" रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । 

खुम बस्नेत सामाजिक सञ्जालमा लेखछन । : 

प्रकाश सपुतको दृष्टिदोष

उनले सत्तामा टिक्नको लागि विदेशीको गुलाम बनेका माओवादी मात्रै देखे, राष्ट्रिय स्वाधिनताको झन्डा बोकिरहेका विद्रोहीहरु देखेनन् ।


 उनले निरासावादी थकित माओवादीलाई मात्रै देखे, आसावादी संघर्षरत माओवादीलाई देखेनन् । 

उनले वेश्यालयमा पुगेका पुर्व महिला जनमुक्ति सेना मात्रै देखे , मिरा राई लगायत अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त पुर्व महिला-जनमुक्ति सेना देखेनन् । 

उनले पिर दिने अबुझ कायर जीवन संगीनी मात्रै देखे , पुरुषलाई हरपल साथ र साहस दिने वीर नारीहरु देखेनन् । 

उनले देश छाडेर विदेश भाग्ने क्रान्तिको यात्राबाट थकित युवालाई मात्रै देखे, देशमा संघर्ष गर्दै निरन्तर क्रान्तिको यात्रामा हिडिरहेका अथक योद्धालाई देखेनन् ।

उनले नारी योद्धाको कमजोरी मात्रै देखे, नेपाली नारीको महान त्याग , समर्पण, बलिदान र योगदानलाई देखेनन् ।

उनले महिलाको मात्रै दोष देखे , पुरुषको दोष देखेनन् ।
उनले अन्तरजातीय विवाहबाट घरवार, समाज र नातासम्बन्ध बिग्रेको मात्रै देखे, बनेको देखेनन् ।

उनले जनताको  सामाजिक , राजनीतिक चेतनामा अाएको परिवर्तन देखेनन्, निरासा, कुुण्ठा, वितृष्णा र दास मानसिकता मात्रै देखे ।

उनले प्रतिगमन मात्रै देखे, अग्रगमन देखेनन् ।
उनले पलायनवादलाई मात्रै देखे, उन्नयनवादलाई देखेनन्
उनले नकारात्मकता मात्रै देखे , सकारात्मकता देखेनन् ।

अन्य समाचारहरु