सन्धिखर्कमा समाचारपोष्ट डट्कमको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

सन्धिखर्कमा  समाचारपोष्ट डट्कमको कार्यालय उद्घाटन  कार्यक्रम सम्पन्न

भिम बिश्वकर्मा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रतिभा मल्टिमिडिया नेटवर्क प्रा.लि द्वारा संचालित समाचारपोष्ट डटकमको कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


सन्धिखर्क स्थित रहेको कार्यालयको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालद्वारा उद्घाटन गरेका हुन । भुसालले रिवन काटि अनलाइनमा समाचार प्रकासन गरी कार्यालयको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले अनलाईन निश्पक्ष हुनु पर्नेमा जोड दिएका थिए । साथै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दै नयाँ बर्षको शुभकामना समेत व्यक्त गरेका थिए ।

No description available.

समाचारपोष्ट डटकमका प्रधान सम्पादक प्रेमनारायण आचार्यले स्वागत मन्तब्य राखेको कार्याक्रममा पत्रकार महासंघ अध्यक्ष अशोक खनाल, भुमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव घिमिरे, कर्मचारीहरुको अधिकारीक ट्रेड युनियनका अध्यक्ष एवं समाचारपोष्ट डटकमका कानुनि सल्लाहकार कृष्ण बर्मा, कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य भुसाल, प्रश चौतारी नेपालका निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष सरिता भुसाल, पत्रकार तथा मानव अधिकार तथा शान्ति समाजका अशोक पौडेल लगायतले मन्तब्य राखेका थिए ।

No description available.

कार्यक्रम समाचारपोष्ट डटकमका संचालक समिति अध्यक्ष बाबुराम भुसालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता र प्रकाशक भिम बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु