सत्ता गठबन्धनको बैठक आज बस्दै, सीट बाँडफाँडमा र चुनावपछिका राजकीय पदहरुको बाँडफाँडको ज्वरो सुरू

सत्ता गठबन्धनको बैठक आज बस्दै, सीट बाँडफाँडमा र चुनावपछिका राजकीय पदहरुको बाँडफाँडको ज्वरो सुरू




काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणासँगै सत्ता गठबन्धनमा दुवै तहको सीट बाँडफाँडमा र चुनावपछिका राजकीय पदहरुको बाँडफाँडको ज्वरो सुरू भएको छ ।

पाँच दलीय गठबन्धनका साथै गठबन्धनमा थपिने सम्भावना रहेका अन्य समूहहरुलाई समेत भागबण्डा गर्नुपर्ने भएकाले दौडधूप पनि सुरू भएको छ ।


चुनावी सीट र राजकीय पदहरुको प्याकेज सहमति खोज्नका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज शुक्रबार बस्ने भएको छ । आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने बुझिएको छ । प्याकेज सहमतिमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत भद्र समझदारी बनाउने तयारी गरिएको छ ।

tvs

सरकारले बिहीबार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा गरेको थियो ।


अन्य समाचारहरु