दुर्गाफाँटमा पाँचौ पाणिनी दर्वाशेश्वर धार्मिक पर्यटन महोत्सव सम्पन्न (तस्बिरहरु)

दुर्गाफाँटमा पाँचौ पाणिनी दर्वाशेश्वर धार्मिक पर्यटन महोत्सव सम्पन्न (तस्बिरहरु)


डिआरजी सुमन | भिम बिश्वकर्मा

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा पाँचौ पाणिनी दर्वाशेश्वर धार्मिक पर्यटन महोत्सव सम्पन्न भएको छ । 


दुर्गाफाँटमा महाशिवरात्री पर्वको अवसरमा आज मंगलवार पाणिनी पर्यटन समाजले पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजनामा पाँचौ पाणिनी दर्वाशेश्वर धार्मिक पर्यटन महोत्सव सम्पन्न भएको हो । 


महोत्सवमा पाणिनी गाउँपालीकाका अध्यक्ष अच्युत गौतमले समग्र पाणिनीको बिकास नै आफरनो प्रमुख लक्ष्य रहेको बताएका छन् ।


पाँचौ पाणिनी दर्वाशेश्वर धार्मिक पर्यटन महोत्सवमा आफ्ना भनाई राख्दै अध्यक्ष गौतमले यस्तो बताएका हुन । पाणिनी गाउँपालीकाका सम्पुर्ण क्षेत्रको बिकासमा आफ्नो चाहाना भएको भन्दै आफु त्यसमा कठिबद्ध भएर लागि परेको बताए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले पाणिनी गाउँपालीका आफैमा धार्मिक एवं पर्यटकिय स्थलले भरीपुर्ण रहेको भन्दै यी क्षेत्रको संरक्षण एवं बिकासमा आफु र पालिका लागि परेको बताएका छन ।


यस्तै कार्यक्रममा मन्तब्य राख्दै गाउँपालीका उपाध्यक्ष लक्ष्मी गौतमले सम्पुर्ण पर्यटकिय एवं धार्मीक स्थलको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताईन । उनले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरेकी थिईन ।


कार्यक्रम समाजका अध्यक्ष झबिन सोनामको अध्यक्षता, पााणिनी गाउँपालीकाका अध्यक्ष अच्युत गौतमको प्रमुख आतिथ्यता, रोमाकान्त भट्टराईको स्वागत मन्तब्य र कासीनाथ बन्जाडे संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु