अर्घाखाँचीमा ४ दलिय गठबन्धनले रातिसम्म सहमती सार्वजनिक गर्दै, भोलि संयुक्त उम्मेद्वारी दिने

अर्घाखाँचीमा ४ दलिय गठबन्धनले रातिसम्म सहमती सार्वजनिक गर्दै, भोलि संयुक्त उम्मेद्वारी दिने

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ४ दलिय गठबन्धन दलहरु स्थानिय तहको भागबन्डा सहमती सार्वजनिक गर्न सकेका छैनन् । 


उम्मेद्वारको मनोनयन दर्ताको पहिलो दिनसम्म ४ दलिय गठबन्धन बीच भागबन्डामा सहमती हुन सकेको छैन् । तर उनिहरुले आज रातभरसम्म सहमती गरि भोली आफ्ना उम्मेद्वारको मनोनयन दर्ता गर्ने योजनामा रहेका छन् ।       

यसभन्दा अगाडि स्रोतले बताए अनुसार कांग्रेसलाई सन्धिखर्क, शितगंगा, छत्रदेव र पाणिनीको प्रमुखका साथै छत्रदेव, पाणिनीमा उपप्रमुख दिने, राष्ट्रिय जनमोर्चालाई भूमिकास्थान मेयर र माओवादी केन्द्रलाई मालारानी प्रमुखका साथै सन्धिखर्क, भूमिकास्थान, शितगंगामा उपप्रमुख बताइएको थियो । 

४ दलिय गठबन्धन दलहरुले ६ पालिका र वार्डमा भएको सहमतीको केही बेरमा घोषणा गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ ।       
 
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरुले अहिले सहमतीलाई अन्तिम रुप दिएका छन् ।          

निरन्तर जारी बैठकमा गठबन्धन दलका प्रमुखहरु कांग्रेस सभापति केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र भुसाल सहभागी छन् ।
    
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

गत निर्वाचनमा ६ वटा स्थानीय तहमध्ये चार वटामा नेपाली कांग्रस तथा माओवादी केन्द्र र नेकपा (एमाले)ले एक/एक स्थानको प्रमुखमा जितेका थिए । स्थानीय तहको निर्वाचनका लागि यो पटक जिल्लामा १६ वटा दलको सहभागिता जनाउँदै छन् ।

यता, जिल्लामा गठबन्धन उम्मेदवारको विषयमा अलमल रहँदा नेकपा (एमाले)ले सबै ६ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।  

अन्य समाचारहरु