म माली (कविता)

म माली  (कविता)

  पिताम्बर बन्जाडे
 
यो देश हो वगैंचा , म माली यसैको
भूस्वर्ग हो यो जगतै भरिको
कर्तव्य मेरो छ सेवा यसैको
कालो नजर त्यो नलागोस् कसैको ।

शरद् चन्द्रको छ कान्ति जसको
सौदामिनीको छ बान्की यसको
झल्कन्छ आभा रजत औ मोतिको
कालो नजर त्यो नलागोस कसैको ।

छ शुध्द वुध्द चराचर समानै
सदाचार संयम समता समानै
सुललीत कला सभ्य संस्कृति मेरो
कालो नजर त्यो नलागोस कसैको ।

सहस्र धारा जलका निधिको
चलोस सुशासन जनका विधिको
हटोस् प्रथा कुप्रथा रीतिको
कालो नजर त्यो नलागोस् कसैको ।।
अस्तु: