नेपाली गौरव (कविता)

नेपाली गौरव (कविता)

पिताम्बर बन्जाडे

छ चित्र विचित्र, छ यो भूमिको ।
छ गौरव मलाई, नेपाली हुनुको।।

ती हिमशैल , हरदिन चुलिन्छन्।
न खाली छन ,न कोही देखिन्छन्।।

म चढ्छु माथि , र झर्छु फेंदी ।
अनन्त जीवन , चल्दै छ यही ।।

वतानुकुलित ,वहन्छ हावा ।
पाइन्छ सित्तै, लिनुको छ मज्जा।।

लालीगुराँस छन् , वनमा फुलेका।
डाँफे र मुनाल् , त्यसमै भुलेका ।।

ती पहाडगिरी, नजिकै देखिन्छन् ।
पुग्दा वीरैका, पनि शेखी झर्छन्।।

दुनीया छ ,लालायित, हेर्न घुम्न।
सकिदैन यसको, रहस्य बुझ्न ।।

ती कुण्ड जलैका, थिरै रहन्छन।
खोज्दैन वीर शेखी, धिरै रहन्छन्।।

नजिकै तराई, नजिकै पहाड छ।
हरेक माइल, दृश्यै फरक छ ।।

फापर फुल्छन् , भिर टाकुरामा ।
फुल्दैन त्यस्सै, भर पाखुरामा ।।

आमा हिमानी , ती सेत्तै फुलेर ।
काखमा पहाड, ती रम्छन् झुमेर।।

माटो छ उर्वर, अति यो भूमिको ।
रोपी पसिना , उन्नत हुनी हो ।।

मात्रै छ फ्याक्नु , जडको कु-शासन्।
माग्दै छिन आमा, शान्ति सु-शासन् ।
अस्तु: