भूमिकास्थानमा गठबन्धनबाट गिलासका झविलाल थापाले २५ सय अन्तरमा चुनाव जित्न सक्ने, एमालेलाई फलामको च्यूरा चपाउनु सरह

भूमिकास्थानमा गठबन्धनबाट गिलासका झविलाल थापाले २५ सय अन्तरमा चुनाव जित्न सक्ने, एमालेलाई फलामको च्यूरा चपाउनु सरह

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुख पदका लागि ५ दलिय गठबन्धन र नेकपा (एमाले) का उम्मेद्वारहरु चुनावी मैदानमा छन् । 

गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका झविलाल थापा र एमालेबाट पूर्व नगरप्रमुख रेशम थापा

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन -२०७९ का लागि भूमिकास्थान नगरपालिकाको नगर प्रमुख पदमा ५ दलिय गठबन्धनले राष्ट्रिय जनमोर्चाका झविलाल थापा र एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई उठाएको छ । यस्तै नगर उपप्रमुख पदमा गठबन्धनले नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडे र एमालेले  बसन्ता पौडेललाई उठाएको छ ।

यतिबेला यहाँ दलहरु भोट् माग्न गाउँ- गाउँमा पसेका छन् । भने आज अन्तिम दिन ।  भूमिकास्थानको मेयर र उपमेयर पदमा कसले हार्छ र कसले जित्छ भनेर टोल - टोल, चोक- चोकमा अंक गणित, बहस चलाएको देखिन्छ । 

२०७४ सालको स्थानिय चुनावको मत 

भूमिकास्थान नगरपालिकामा कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९  अर्थात ७१.७७% थियो । जसमा एमाले पीताम्बर भूसाल - ४२५० मत राष्ट्रिय जनमोर्चा कविराम खनाल-  ४५४२ मत माओवादी केन्द्र रेशम थापा - ५३३० मत (विजयी) नयाँ शक्ति प्रेम बन्जाडे- ४६ मत राष्ट्रिय प्रजातन्त्र पाटी धन बहादुर रायमाझी - २२ मत ल्याएका थिए ।  

यस्तै उपमेयरमा नेपाली कांग्रेस खडानन्द बेल्वासे -  ५२३० मत (विजयी), एमाले सुनिता बेल्वासे -  ४७०१ मत राष्ट्रिय जनमोर्चा सकुन्तला राना-   ३५६६ मत नयाँ शक्ति गंगा घिमिरे-  ४१ मत राष्ट्रिय प्रजातन्त्र पाटी पवित्रा पाैडेल-     १५ मत ल्याएका थिए । 

के निस्केला निर्वाचन परिणाम ?

राजनीतिक विश्लेषक तथा पत्रकार हरि प्रसाद भुसालको गरेको विश्लेषण अनुसार विगतको निर्वाचनको तेस्रो शक्तिका विरुद्ध सवै एक भएको भूमिकास्थानमा विगतको नतिजा हेर्ने हो भने गठवन्धनको सहज जित देखिन्छ । विगतको निर्वाचनमा कुल १४ हजार ४ सय ५० सय मत मेयरको लागि खसेकोमा एमालेले ४ हजार २ सय ५० मत प्राप्त गरेको थियो । जुन नगर प्रमुखलाई खसेको कुल मतको करीव ३० प्रतिशत हुन आउछ ।

२०७४ सालको निर्वाचनको मितिदेखी हालसम्म भएको उतारचढावले अहिलेको मतपरिणामलाई कति प्रभाव पार्छ हेर्नै बाँकी छ तर ७० प्रतिशत मत अर्कोतिर अनि ३० प्रतिशत मत आफुतिर भएको अवस्थामा एमालेलाई भूमिकास्थानमा यो पटक जित हासिल गर्नु फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । यद्यपी निर्वाचनको मतगणना अघि मतपरिणामको आँकलन गर्न सक्ने अवस्था छैन ।

राजनीतिक जोडघटाउ कस्तो ?

यस्तै राजनीतिक विश्लेषक भुसालको गरेको विश्लेषण अनुसार २०७४ सालमा रेशम थापाले क्षेत्रीयताको कारण एमालेको करीव ७०० भोट काटेको अनुमान गरिन्छ । यसर्थ भूमिकास्थानमा एमालेको मत करीव पाँच हजार हो । यस विचमा तत्कालिन निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्यासी पिताम्वर भुसाल लगायतको समूह नेकपा एकीकृत समाजवादीमा छ । जुन समूहसंग करीव ५०० भोट रहेको अनुमान गरिन्छ । त्यस्तै माओवादीबाट करीव ७०० को हाराहारीमा नेता तथा कार्यकर्ता एमालेमा गएको अनुमान गरिन्छ । जसका कारण यो पटक एमालेको मत ५ हजार दुई सयदेखी ५ हजार ५ सय हुनसक्छ । यो पाँच वर्षको विचमा थपिएका मतदाता मध्ये १ हजार ५ सय जनाले एमाले रोजेको अवस्थामा यो निर्वाचनमा एमालेको मत ७ हजार देखि ७ हजार ५ सय हाराहारी हुने देखिन्छ ।

यता गत निर्वाचनमा जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका कविराम खनालले ४ हजार ५ सय मत प्राप्त गरेको भएपनि यो पालिकामा जनमोर्चाको मत ३ हजार ५ सय हाराहारी हो । हाल नगर प्रमुखको उम्मेदवार बनेका जनमोर्चाका झविलाल थापाले नेपाली काँग्रेसको ३ हजार, नेकपा माओवादी केन्द्रको ७०० र एकीकृत समाजवादीको ५०० हाराहारी मत प्राप्त गर्दा गठबन्धनतर्फ कुल ७ हजार ७ सय मत हुनसक्छ । जसमा नयाँ थपिएका मतदाता मध्ये २ हजार ५ सयले गठवन्धन रोजेको अवस्थामा झविलाल थापाले १० हजार भन्दा बढी मत प्राप्त गर्ने देखिन्छ । 

यसर्थ यो निर्वाचनमा क्षेत्रीयताको हिसावले रेशम थापाले नुवाकोट, खिल्जी असुरकोटको मत नकाटेको अवस्थामा र गठवन्धनमा रहेका अन्य राजनीतक दल निकट मतदाताबाट बेइमान नभएको अवस्थामा दुई हजार देखी २ हजार पाँच सय मतको अन्तरमा गठवन्धन पक्षधर झविलाल थापाले भूमिकास्थानको नेतृत्वमा जित हात पार्ने संभावना देखिन्छ ।

स्थानिय तहको निर्वाचन -२०७४ 

भूमिकास्थान नगरपालिका (कुल मतदाता २१,१६४ मा खसेको मत: १५,१८९  - ७१.७७%  )

मेयर

एमाले पीताम्बर भूसाल -                          ४२५० मत
राष्ट्रिय जनमोर्चा कविराम खनाल-             ४५४२ मत
माओवादी केन्द्र रेशम थापा -                   ५३३० मत (विजयी)
नयाँ शक्ति प्रेम बन्जाडे-                                ४६ मत
राष्ट्रिय प्रजातन्त्र पाटी धन बहादुर रायमाझी - २२ मत
अन्य-                                                     ० मत

उपमेयर

नेपाली कांग्रेस खडानन्द बेल्वासे -             ५२३० मत (विजयी)
एमाले सुनिता बेल्वासे -                            ४७०१ मत
राष्ट्रिय जनमोर्चा सकुन्तला राना-                ३५६६ मत
नयाँ शक्ति गंगा घिमिरे-                                  ४१ मत
राष्ट्रिय प्रजातन्त्र पाटी पवित्रा पाैडेल-                 १५ मत
अन्य-                                                         ० मत

विजयी वार्ड अध्यक्ष (वार्ड संख्या १०)
१ वार्डबाट  राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल    ५७२ मत (विजयी)
२ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा                   (विजयी)  
३ वार्डबाट माअाेबादी केन्द्र  बालकृष्ण बन्जाडे                ( विजयी)
४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार                       (बिजयी)
५  वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे                      ( बिजयी)
६ वार्डबाट नेपाली कांग्रेस झबिलाल बन्जाडे                    ( विजयी)  
७ वार्डबाट नेकपा एमाले तारा मल्ल                                  (बिजयी)
८ वार्डबाट एमाले  कुमार श्रेष्ठ                                            ( विजयी)
९ वार्डबाट एमाले नारायण प्रसाद खनाल                            (विजयी)
 १० वार्डबाट एमाले खगेश्वर पन्थी                     १००६ मत (विजयी)


अन्य समाचारहरु