सितपुरको श्री सरस्वती माविमा कामना सेवा विकास बैंकद्वारा बित्तीय साक्षरता कायक्रम सम्पन्न (तस्बिर सहित)

सितपुरको श्री सरस्वती माविमा कामना सेवा विकास बैंकद्वारा बित्तीय साक्षरता कायक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

सितपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितपुरमा रहेको श्री सरस्वती माविमा कामना सेवा विकास बैंक  शाखा कार्यालय ठाडाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  


सितपुरको श्री सरस्वती माविमा आज शुक्रवार कामना सेवा विकास बैंक शाखा कार्यालय ठाडाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो। 


श्री सरस्वती माविका  ११ र१२ का विद्यार्थीलाई लक्ष्यित गरि कामना सेवा विकास बैंक ठाडा शाखाले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत आफ्नो अभियान सम्पन्न गरेको छ । विद्यार्थीलाई बैंकिङ प्रणालीको बारे जानकारी दिदैं, बैकिङ सेवा लिन सहज र सरल होस भन्ने हेतुले विगतदेखी सो शाखाले वित्तिय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा शाखा कार्यालयका प्रमुख महेश खनालले विद्यार्थीहरुलाई वित्तिय अनुशासनसहित बचत, बैंकिङ सेवा लिने बानी बसाल्न र बैंकिङ प्रयोग सुरक्षित रुपमा गर्न भन्दै विद्यार्थीलाई लक्षित गरी सो कार्यक्रम गरेको बताए । 


शाखाका सेवा प्रबन्धक निरजन ढकालले बैंकिङ ज्ञान नहुँदा विद्यार्थीहरुले पाउने सुविधादेखी बैंकिङ प्रयोगको महत्वसमेत घट्ने हुँदा बैंक यस्तो अभियान सञ्चालन गरेको समेत बताए । विद्यार्थी, प्राध्यापक सहित 50 भन्दा धेरै सहभागी रहेको उक्त कार्यक्रमले विद्यार्थीमात्रै नभई अभिभावकसम्म साक्षरता पुग्ने अपेक्षा गरेको बैंकका शाखाप्रमुख महेश खनालको भनाई थियो ।

कामना सेवा बैंकले वित्तीय साक्षरता सहित सामाजिक उत्तरदायित्व सम्बन्धी काम नियमित गर्दै आईरहेको छ । राष्ट्रिय विकास बैंकको पहिचान बनाएको कामना सेवा बैंकमा हाल ५ लाखभन्दा बढी ग्राहक छन भन १३३ भन्दा बढी शाखा देशभर सञ्चालनमा छ ।

अन्य समाचारहरु