अर्घाखाँची एमालेमा व्यापक असन्तुष्टी | पालिकामा बागी उम्मेद्वारीदेखि राजिनामासम्म

अर्घाखाँची एमालेमा व्यापक असन्तुष्टी | पालिकामा बागी उम्मेद्वारीदेखि राजिनामासम्म

लक्ष्मण घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  उम्मेद्वारी चयनको विषयलाई लिएर नेकपा एमाले अर्घाखाँचीमा व्यापक असन्तुष्टी देखिएको छ । यही बैसाख ३० गते हुने स्थानिय निर्वाचनका लागी उम्मेद्वारी चयनमा असन्तुष्टी जनाउँदै बागी उम्मेद्वारी दिनेदेखी राजिनामा दिने सम्मका गतिविधी भएपछी नेताहरुको असन्तुष्टी सतहमा आएको हो ।


एमालेले मालारानी गाउँपालिकामा दलबहादुर भट्टराईलाई अध्यक्षको उम्मेद्वार बनाउने भएपछी बालकृष्ण आचार्यले बागी उम्मेद्वारी दर्ता गरेका छन् । यस अँघी एमालेकै तर्फबाट अध्यक्ष बनेका आचार्यले यसपटक पनी अध्यक्ष दावी गरेका थिए । पार्टीले टिकट नदिएपछी उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । पार्टीको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सहमति भएपछि आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए ।

यस्तै नेकपा एमालेका जिल्ला सदस्य ध्रुवराज आचार्यले उम्मेद्वारी चयन प्रक्रियामा उसन्तुष्टी जनाउँदै राजिनामा दिएका छन् । सन्धिखर्क नगरपालिका-११ का वडाअध्यक्ष रहेका आचार्यले पुनः टिकट पाउने आश गरेका थिए । टिकट नपाएपछी उनले पदबाट राजिनामा दिएका हुन् । नेकपा (एमाले) को उम्मेदवार चयनप्रति असन्तुष्ट हुँदै पार्टी सदस्य धुर्वराज आचार्यले साधारण सदस्यमा समेत नहरने गरि राजीनामा गरेको बताएका छन् ।

यता नेकपा एमालेका अर्का जिल्ला सदस्य योगेन्द्र खड्काले पदबाट राजिनामा दिएका छन् । नेकपा एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका खड्का सहित प्रवेश गर्नेमा युवा नेता प्रेम पौडेल पनि रहेका छन् ।

सन्धिखर्क नगरपालिका-२ को वडाध्यक्ष पदका आकांक्षी समेत रहेका खड्काले पुरा परिवार सहित राजिनामा दिएका थिए । खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजिनामा दिएका थिए ।

जिल्लामा एमाले मात्र नभएर नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका नेताहरुले समेत असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।

अन्य समाचारहरु