ढाकावाङमा राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य होतराज खनाललाई पत्नीशोक



अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची।   राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य हाेतराज खनाल पत्नीशोकमा पर्नुभएको छ ।

खनालकी श्रीमती देवा खनालको ४६ बर्षकाे उमेरमा मंसिर २० गते आफ्नै निवास भूमिकास्थान नगरपालिका २ मुलटंकिमा निधन भएपछि उहाँ शोकमा पर्नुभएको थियो ।

स्वर्गीय खनालको आजै स्थानीय आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
 
स्वर्गीय खनालको पार्थिक शरीरमा राष्ट्रिय जनमाेर्चा भूमिकास्थान न.पाका नगर सदस्य तथा राजमाे २ नम्बर वडाका अध्यक्ष बावुराम खनालले पार्टीको झण्डा ओडाउनु भएको थियो । 

अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सदस्य टेकराज भुसालले खनालको निधनले पार्टी र महिला आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताउनुभएको थियो।

अन्त्येष्टि कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का चेतन खनाल, नेकपा (एमाले) भूनपा-२ का अध्यक्ष रामबहादुर थापा, नेपाली काङ्ग्रेस भूनपा-२ का सभापति इन्द्रमणी खनाल, भूनपा-१ का वडा सदस्य गाेपाल नेपाली, भूनपा-२का वडा सदस्य तेजीराम भुसाल लगायतले अन्तिम श्रद्धाञ्जली दिनुभएकाे थियो ।

स्वर्गीय खनालका २ छाेरा र १ छाेरी छन्।

अन्य समाचारहरु