तम्घासको पुष्पान्जली एग्रोभेट सेन्टर ८ कक्षा पास गरेकाबाट गैरकानुनी संचालन हुँदै

तम्घासको पुष्पान्जली एग्रोभेट सेन्टर ८ कक्षा पास गरेकाबाट गैरकानुनी संचालन हुँदै

अर्घाखाँचीडट्कम संवाददाता 

गुल्मी । गुल्मी जिल्लाको तम्घासमा पुष्पान्जली एग्रोभेट सेन्टर गैरकानुनी संचालन हुँदै आएको छ ।   

तम्घासमा पुष्पान्जली एग्रोभेट सेन्टर गैरकानुनी संचालन हुँदै आएको हो ।   

८ कक्षा पास गरेको भेटेनरी गरि बसेका गुल्मीका पुष्पान्जली एग्रोभेट सेन्टरमा  स्थानीयले व्यापक गुनासो गरेपछि पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गुल्मीले यस पसलको निगरनी र अनुसन्धान अघि बढाएको अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज पदमले जानकारी हुनु भयो ।

आफ्नो नाममा एग्रोभेट दर्ता नगरी अर्कैको नाममा दर्ता गरेर एग्रोभेट तथा औषधीजन्य पसल सञ्चालन गर्दा नेपालको कानुन अनुसार गैरकानुनी हो । यस्तो अवस्थामा गल्ती ठहर भए तीन वर्ष कैद वा २५ हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

कुवँरले पुष्पा अधिकारीलाई मासिक केहि शुल्क तिरेर लाइसेन्स भाडामा लिएको हुन सक्ने अनुमान छ । पुष्पा अधिकारीले यस
भन्दा अघि पनि रेसुङ्गा नगरपालिका ४ अर्खलेका भोजेन्द्र भण्डारीलाई एग्रोभेट सञ्चालन गर्नका लागि लाइसेन्स दिएको खुलेको छ । करिब ४ महिना सदरमुकाम तम्घासको उदिनढुङ्गामा लाइसेन्स भाडामा लिएर एग्रोभेट चलाएको स्वीकार गरेका छन् । आफुहरुको नाता पर्ने भएकाले कुनै शुल्क नतिरेको उनको भनाई छ । यता लाइसेन्सप्राप्त पुष्पा अधिकारीले भने आफ्नो पसल रहेको र आफुले काम गर्ने मान्छे राखेको बताइन् । उनले सबैकुरा बुझेर मात्र समाचार लेख्न सुझाव समेत दिएकी छन् ।

अन्य समाचारहरु