दातृ निकायको सहयोगमा भवन निर्माण भएपछि अर्घाखाँची सितापुरका विद्यार्थीहरु खुसी

सितापुर, अर्घाखाँची – दातृ निकायको सहयोगमा भवन निर्माण भएपछि अर्घाखाँची जिल्लाको सितापुर गाविसका विद्यार्थीहरु खुसी भएका छन् ।

 

जापानको कोइटो कलेज नामक संस्थाले सरस्वती माध्यमिक विद्यालय सितापुरमा ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयमा पढ्ने बालबालिका र तिनका अभिभावकहरु खुसी भएका हुन् ।

 

संस्थाको १३ लाख गाविसको २ लाख १० हजार र स्थानीय जनश्रमदान गरी कुल १९ लाखको लागतमा पक्की भवन निर्माण भएको हो । भवनको अभावमा चौरमा बसेर पढ्न विवश भएका बालबालिकाहरु भवन निर्माण भएपछि नियमितरुपमा विद्यालयमा उपस्थित हुनुका साथै पढाइमा समेत चासो राख्न थालेको विद्यालयका प्रधानाध्यापक यदु काश्यपले बताएका छन् ।

 

स्रोत: स्थानिय संचारमाध्यमहरु



अन्य समाचारहरु