-रामु गैरेअर्घाखाँची , चिउरामाटी
हाल: प्रबासी भुमी दुबइ
सलल बाँगी खोलैमा
हासी खुशी संगै बाचौ मर्ने चोलैमा..
धन कमाउन अरबको खाडीमा आइयाछ
तातो घाममा पाउनु दु:ख पाइयाछ
सलल बाँगी खोलैमा
हासी खुशी संगै बाचौ मर्ने चोलैमा…
जनम जनम संगै बाच्ने बन्धनलाई जोडेर
बिहे गरी दुई महिनै मै प्यारीलाई छोडेर
सलल बाँगी खोलैमा
हासी खुशी संगै बाचौ मर्ने चोलैमा ….
खबर पा थे मेरै पिरले दुब्लाउदै गई छिउरे
एक दिन होइन दुई दिन होइन दिन दिनै रोइछिउरे
सलल बाँगी खोलैमाहासी खुशी संगै बाचौ मर्ने चोलैमा…..
नयाँ गाउ नयाँ मान्छे दु:ख त भा होला
सम्झना आइराछ तिम्रो हात समाइ तरेको बाँगी खोला
सलल बाँगी खोलैमा
हासी खुशी संगै बाचौ मर्ने चोलैमा …..
मेरी प्यारी छोडि आछु सबथोक तिम्रै भरैमा
दुई सालको भिसा सकी आउछु नि घरैमा
सलल बाँगी खोलैमा
हासी खुशी संगै बाचौ मर्ने चोलैमा
हासी खुशी …………
मर्ने चोलैमा…………