मध्यरातमा जाजरकोटमा एक घण्टामा चार पटक भूकम्पको धक्का

 जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति एक घण्टाको अवधिमा चार पटक भूकम्पको धक्का गएको छ। जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

1

पहिलो पटक ११:४७ मा ६.४ म्याग्‍निच्युडको भूकम्प गएकोमा त्यसको २१ मिनेटको फरकमा दोस्रो पटक ४.५ म्याग्‍निच्युडको पराकम्प गएको भूककम्प मापन केन्द्रले जनाएको छ।

त्यसैगरी १२:२९ मा तेस्रो पटक ४.२ म्याग्‍निच्युड र १२:३५ मिनेटमा ४.३ म्याग्‍निच्युडको पराकम्प गएको हो। यसरी पटक-पटक भूकम्पको धक्कामा परी जाजरकोट र रुकुम पश्‍चिममा करिब ५० जनाको मृत्यु भएको छ।

जाजरकोटमा एक घण्टामा चार पटक भूकम्पको धक्का 1

भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन्।

उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन्। रातीको घटना भएकाले धेरै क्षति भएको हुनसक्न आंकलन छ। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्

111Open photo