अर्घाखाँची – अर्घाखाँची चार वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार छत्रदेव गाउँपालिका–७ स्थित खर्यानबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा गुल्मी रेसुंगा नगरपालिका–१० सिखेधारा गाउँका २५ वर्षीय रामबहादुर घर्ती थापालाई बिहीबार गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।