अर्घाखाँचीको मरेङ सुर्यथुम क्याम्पसलाई ६ लाखको जग्गा दान

अखाँटा यूएई डेस्क -अर्घाखाँची जिल्लाको मरेङ गाविसमा गाविसमा रहेको सुर्यथुम संयुक्त क्याम्पसलाई स्थानीय एक समाजसेवीले जग्गा दान गरेका छन् ।


मरेङ गाविस वडा नम्बर ७ सुर्यथुम निवासी ७९ वर्षिय समाजसेवी बलबहादुर सुनारले क्याम्पस सगै जोडिएको करिब ६ लाख मूल्य बराबरको ३ रोपनी १ आना आफ्नो निजी जग्गा दान गरेका छन् । सुनारले दान गरेको उक्त जग्गामा क्याम्पसको भवन निर्माण गरिने सुर्यथुम संयुक्त क्याम्पसले जनाएको छ ।


समाजसेवी सुनारले दान गरेको जग्गाले क्याम्पसलाई ठूलो सहयोग पुगेको क्याम्पस प्रमुख सालिकराम आचार्यले बताएका छन् ।

 

नेकपा एमाले जिल्ला कमिटी सदस्य मोतीलाल श्रीपालीको विशेष पहलमा सुनारले क्याम्पसलाई निःशुल्क जग्गा प्रदान गरेका हुन् । २०६४ सालदेखि पढाइ सुरु भएको उक्त क्याम्पसमा हाल स्नातक तहसम्मको कक्षा सञ्चालन भैरहेका छन् ।


अन्य समाचारहरु