शिक्षा शास्त्र सकांयमा अर्घाखाँचीका बिद्यार्थीको बढदो आकर्षण

– शोभाखर पन्थी


अखाँटा यूएई डेस्क – उच्च शिक्षा हासिल गर्ने अर्घाखाँचीका बिद्यार्थीहरु मध्ये अधिकाशं बिद्यार्थी शिक्षाशास्त्र संकायमा आकर्षित भएका छन । उच्च शिक्षा अध्ययनपछि रोजगारीको सम्भावना बढी देखेपछि यहाँका विद्यार्थीहरु शिक्षाशास्त्र संकाय बी.एड.मा आकषिर्त भएका हुन् ।

जिल्लामा संचालित पाँच वटा क्याम्पसहरु मध्ये पाणिनि बहुमुखी बाहेकका अन्य सबै क्याम्पसमा शिक्षाशास्त्र संकायको मात्र पठनपाठन हुने गरेको छ । बी.एड.को अध्ययन पूरा गरेपछि सरकारी तथा निजी शिक्षण संघसंस्थाहरुमा शिक्षकको जागिर पाइने भएकोले बी.एड.पढ्न थालेको विधार्थीहरु बताउँछन् ।


जिल्लामा हालसम्म बी.एड. पूरा गरेका विद्यर्ँर्थीहरु मध्ये ७५ प्रतिशतभन्दा बढी विद्यार्थीहरु शिक्षण पेशामा आबद्ध छन् । बाँकी २५ प्रतिशतमध्ये पनि अधिकांशले कुनै न कुनै किसिमको रोजगारी गर्दै आएको जनाइएको छ ।


अन्य विषयभन्दा पढ्न सजिलो र पढिसकेपछि रोजगारीको लागि पनि सजिलो भएकोले बी.एड.मा विद्यार्थीहरुको चाप बढेको प्राध्यापकहरुको भनाइ छ ।


अर्घाखाँची जिल्लाको सबैभन्दा जेठो र एकमात्र बहुमुखी क्याम्पस पाणिनि बहुमुखी क्याम्पसमा स्नातक तहमा करिब पाँच सय विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । अध्ययनरत विधार्थी मध्ये करिब ९० प्रतिशत विद्यार्थीहरुले शिक्षाशास्त्र, ९ प्रतिशत विद्यर्ँर्थीहरु व्यवस्थापन संकाय र केवल १ देखि २ प्रतिशत विद्यार्थीहरु मात्रै मानविकी संकायमा भर्ना भएका छन् ।


क्याम्पसमा उच्च शिक्षा हासिल गर्नेहरु मध्ये अधिक रुपमा छात्रा रहेका छन् । क्याम्पसमा छात्राहरुको संख्या करिब दुई तिहाइ रहेको क्याम्पसले जनाएको छ ।


यस वर्षपाणिनि बहुमुखी क्याम्पसमा बी.एड.प्रथम वर्षा परीक्षा दिएका ३ सय ४२ जना विधार्थी मध्ये १ सय ८२ जना विद्यार्थी उत्रीण भएका छन् । देशभरका सरकारी र आंगिक क्याम्पसहरुको नतिजा खस्केको अवस्थामा पाणिनि क्याम्पसको नतिजालाई बुद्धिजीवीहरुले राम्रो मानेका छन् । पाणिनि क्याम्पसले यस वर्षो बी.एड.को नतिजामा ५३.२२ प्रतिशत विद्यार्थी उत्तर्ीण्ा गराउन सफल भएको क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताए ।


क्याम्पसले विभिन्न किसिमका छात्रवृत्तिका योजना अगाडि ल्याएपछि स्नातक तहमा विद्यर्ँर्थीहरुको चाप बढ्दै गएको सहायक क्याम्पस प्रमुख ज्ञानराज न्यौपानेले बताए । उनले शैक्षिक सुधारका लागि क्याम्पसले नयाँ योजना ल्याउन लागेकोसमेत बताएका छन् । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको बेलवाटिकामा रहेको अर्घाखाँची शिक्षा क्याम्पसबाट यस वर्षो बी.एड. परीक्षामा २९ जना विधार्थी उत्रिण भएका छन् । परीक्षामा सामेल ८१ विद्यार्थीहरु मध्ये २९ जना उत्रिण भएको क्याम्पसले जनाएको छ ।


क्याम्पसमा स्नातक तहको बी.एड.मा करिब १७० जना विधार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

 



अन्य समाचारहरु