सबैखाले मिडिया र पत्रकारको निगरानी भइरहन्छ, आचारसंहिताको पूर्ण पालना गर्नुस् : प्रेस काउन्सिल नेपाल (तस्बिर् सहित)

Open photo

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले सबैखाले मिडिया र पत्रकार काउन्सिको निगरानीमा रहिरहने भन्दै आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन गर्नुभएको छ ।

May be an image of text

प्रेस काउन्सिल नेपालले बिहिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“काउन्सिलको अफिस यहाँ छैन, प्रतिनिधि छैनन्,देख्दैनन् र सुन्दैनन् भन्ने हुँदैन” बोर्ड सदस्य अधिकारीले भन्नुभयो, “मिडियाका हरेक गतिविधि हामीले नियालीरहेका हुन्छौं ,सुचना हामीकहाँ आइरहेको हुन्छ ।” अधिकारीले अगाडि थप्नुभयो, “राम्रो गरे सम्मान र नराम्रो गरे दण्डको भागिदार हुनुपर्छ ।” देश परिवर्तनको आन्दोलनमा प्रेसजगतको भुमिका अहम रहेको स्मरण गर्दै बोर्ड सदस्य अधिकारीले आचारसंहिता पालना गर्दा सानो नभइने बताउनुभएको छ ।

आमसञ्चार र संचारकर्मि पनि समाज र देश विकासका सिपाहि भएको बताउँदै उहाँले राज्य र समाजले पनि सञ्चार र संचारकर्मिको संरक्षण तथा विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

जागरण अभियानको बिषयबस्तु पस्किंदै अर्का बोर्ड सदस्य ठाकुर बेल्वासेले प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका व्यवस्था, पत्रकार आचारसंहिता २०७३, प्रथम संसोधन २०७६, बाल संचार निर्देशिका २०७३, अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका २०७६ र जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका २०७८ मा उल्लेख भएका कानुनी व्यवस्थाको जानकारी राख्न पत्रकार र मिडिया संचालकलाई सचेत गराउनुभएको छ ।

May be an image of 9 people and text

बोर्ड सदस्य बेल्वासेले बर्तमान अवस्थामा मिडियाले प्रकाशन तथा प्रशारण गर्दा गरेका कमजोरीको बारेमा ब्रिफिङ्ग गर्दै आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कुनै पनि पत्रकार वा सञ्चार माध्यमले आचारसंहिता बिपरित समाचार तथा कुनै सामग्री प्रकाशन, प्रशारण वा उत्पादन र बितरण गर्दा कुनै व्यक्ति, समुह वा संस्थालाई मर्का पर्न नहुने बताउनुभएको छ । यदि त्यसो भए कार्बाही हुने भन्दै उहाँले गुनासो तथा उजुरी गर्न आव्हान समेत गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले नेपालको संबिधानले नै संचार जगतलाई मैलिक हकमा समाहित गरेको स्मरण गर्दै लेखनशैली, भाषा र शब्दलाई शुद्ध, मर्यादित, ब्यवस्थित र तथ्यपुर्ण गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता पालनाले पेशागत सुरक्षा र विश्वस्नियता समेत हुने भन्दै प्रजिअ ढकालले सत्य र तथ्य लेखन गरि शुसासन कायम राख्न पत्रकारलाई सक्ने सहयोग गर्ने वचन समेत दिनुभएको छ ।

May be an image of 14 people, people studying and table

पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको स्वागत मन्तव्य र सह–सचिव हृदय कुमार भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पुर्व जिल्ला अध्यक्ष शोभाखर पन्थी र हिम जि.सी.लेकालीले पनि मन्तव्य राख्नु भएको थियो ।

May be an image of 5 people and text

कार्यक्रममा जिल्ला स्थित चारवटै सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका प्रतिनिधी, मिडियाका संचालक, सम्पादक र सञ्चारकर्मिको उल्लेख्य सहभागिता रहेको थियो ।

तस्बिर् : केशब् पन्थि

111Open photo

अन्य समाचारहरु